महिला पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम

पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्धारा आयोजित डिजिटल मार्केटिङ तालिम सम्बन्धित दुई दिने तालिम सम्पन्न भएको छ । प्रविधिमैत्री व्यवसायका लागि मञ्चले ६० जना सदस्यलाई प्रविधिको प्रयोग गरि कसरी व्यवसायिक लाभ लिन सकिन्छ भन्ने विषयमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा प्रशिक्षण प्रदान गरेको हो ।
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य देवका पहारीले प्रविधिको प्रयोग विना व्यवसाय सञ्चालन गर्न कठिन हुने जनाउँदै तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् ।
उनले लेकसाइडमा विभिन्न देशका पर्यटन आउने भएकाले उनीहरुको चाहाना अनुरुपको सेवा प्रदान गर्न साथै व्यवसायको बारेमा जानकारी दिन प्रविधि मैत्री व्यवसाय आजको आवश्यकता भएको बताइन् । उनले हरेकको हात हातमा मोवाइल फोन भएकाले यसलाई व्यवसाय प्रवद्र्धनकालागि प्रयोग गर्न उनको सुझाव थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रमा महिलाको योगदानको चर्चा गर्दै तालिमले प्रविधिमैत्री व्यवसाय सञ्चालनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले परम्परागत मार्केटिङले अब व्यवसायले गति लिन नसक्ने भएकाले यसको महत्वलाई बुझ्न आग्रह गरे । पर्यटन क्षेत्रको विकासका लागि सृजनात्मक र रचनात्मकसँगै प्रविधिलाई पनि जोड दिनुपर्ने बताए । अहिलेको युग नै प्रविधिको युग भएकाले डिजिटल माध्यमबाट नै व्यवसाय प्रवद्र्धन गरेर व्यवसायिक लाभ लिनुपर्ने उनको भनाइ थियो ।
महिला पर्यटन व्यवसायी मञ्च पोखराका अध्यक्ष उमादेवी भण्डारीले पर्यटन क्षेत्रमा प्रभावकारी सेवा प्रवाहका लागि डिजिटल प्रविधिको मार्केटिङको आवश्यता महसुस गर्दै तालिमको प्रदान गरिएको बताइन् ।
कार्यक्रमा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, सल्लाहाकार नर्मला कँडेल र सहभागिको तर्फबाट मिरा पौडेल र दमयन्ति भट्टराइ संस्थाको उद्देश्य र डिजिटल मार्केटिङका बारेमा आफ्नो धारणाहरु राखेका थिए भने उपस्थित सम्पूर्ण धन्यवाद तालिम संयोजक शुसिला भण्डारीले गरेकी थिइन् ।
तालिममा प्रविण अधिकारी, मनिस अमगाइँ र वर्षा भण्डारीले सहजिकरण गरेको तालिममा ६० जना पर्यटन व्यवसायी महिला सहभागी रहेको महासचिव लक्ष्मी लामिछानेले जानकारी दिइन् ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया