चिनुलाई राष्ट्रपति महिला समुन्नति पुरस्कार

पोखरा ।
पोखराकी सौन्दर्य व्यवसायी चिनु गुरुङ राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित भएकी छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले काठमाडाैंमा मंगलबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेका हुन् ।
गण्डकी प्रदेशबाट महिला उद्यमशीलतमा योगदान गरेकोमा उनी सम्मानित भएकी हुन् । मन्त्रालयले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा गुरुङसहित सातै प्रदेशका महिला उद्यमीलाई १ लाख नगदसहित पुरस्कृत गरेको हो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशीलता र आर्थिक समृद्धिमा योगदान पु¥याएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानपछि उनले सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनुपर्ने जनाइन् । उद्यम, व्यवसायले महिला सशक्तीकरणमा टेवा पुग्ने उल्लेख गर्दै उनले अबको समयमा महिला अरुको आम्दानीमा निर्भर हुनेभन्दा आफैं आयआर्जनमा लाग्नुपर्नेमा जोड दिइन् ।
२०५२ देखि सौन्दर्य कर्ममा निस्केकी उनले ३ हजारभन्दा बढी गृहिणी तथा युवायुवतीलाई तालिम दिएकी छन् । सौन्दर्यको बजारमा १ हजारभन्दा बढी अहिले तालिमपछि स्वरोजगार भएका छन् । २ हजारभन्दा बढीले स्वदेश तथा विदेशमा रोजगारी पाएका छन् ।
पोखराको पृथ्वीचोकबाट व्यवसाय सञ्चालन गरेकी चिनुले हाल गुरुङ ब्युटिपार्लर एन्ड एकेडेमी प्रालिको रुपमा पोखराकै न्युरोडमा मुख्य कार्यालय बनाएर व्यवसाय चलाएकी छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षसमेत रहेकी उनी थुप्रै सामाजिक संघ, संस्थामा पनि आवद्ध छिन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया