हंसपुर थुम्की समाजमा प्रकाश

पोखरा ।
हंसपुर थुम्की पोखरा सम्पर्क समाजको शनिबार भएको ९ औं अधिवेसन तथा १८ औं साधारण सभाले फेरि प्रकाश केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिव विकाश खनाल, सहसचिव विष्णुहरि ढकाल र कोषध्यक्षमा सरस्वती पौडेल छन् ।
सदस्यमा भेषराज न्यौपाने, विष्णुप्रसाद सुवेदी, वेलबहादुर गुरुङ, कविराज सुवेदी, सम्झना कट्टेल र जनकराज सुवेदी छन् । सभामा रुपा गाँउपालिक अध्यक्ष नवराज ओझाले समाजले पोखरामा रहेका सदस्यबीच सुखदुखमा एकाकार हुँदै नमुना काम गरेको बताए । ओझाले रुपा गाँउपालिकाले विकास, निर्माण, जनताको लागि आय आर्जन लगायतका कामलाई प्राथमिकतामा राखेको बताए ।
समाजका सल्लाहाकार नवराज सुवेदीले समाज सुखदुखको साहारा भएको जनाए । अर्का सल्लाहकार रविनबाबु पौडेलले समाजले नै एकापसमा मानिसलाई जोड्ने कार्य गरेको उल्लेख गरे ।
समाजका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष क्या. हर्कबहादुर गोदार, पूर्व अध्यक्ष धनेश्वर सुवेदी, संस्थापक बयानबहादुर गोदार, पूर्व सचिव वृहष्पति अधिकारी, रुपा ७ का पूर्व अध्यक्ष दयासागर सुवेदी, आजीजन सदस्य केशवराज भट्टराई,सचिव सुदर्शन पौडेल र सहसचिव सरस्वती पौडेल लगायतले बोलेका थिए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया