गणतान्त्रिक यातायात संगठनमा नयाँ समिति
पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता संगठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चुनिएका छन् ।
शनिबार राति काठमाडौँमा सकिएको प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम उपाध्यक्षमा हुकुमसिंह नेपाली, द्वितीय उपाध्यक्षमा ऐनकुमार शाही, तृतीय उपाध्यक्षमा कान्छाराम थिङ र महासचिवमा सरोज खनाल छन् । अधिवेशनले गण्डकी प्रदेशको संयोजकमा प्रकाशमणि तिवारीलाई जिम्मेवारी दिएको छ ।
उपमहासचिवमा टेकप्रसाद बस्याल, गान्धीराज गिरी र रामहरि श्रेष्ठ, सचिवमा रुपकलाल श्रेष्ठ, रामचन्द्र भुसाल र चिनिबहादुर बोहोरा, कोषाध्यक्षमा पुरुषोत्तम सिंखडा र सहकोषाध्यक्षमा गोपबहादुर ठकुरी निर्वाचित बने । संगठनका पूर्वअध्यक्ष डोलनाथ खनाल प्रमुख सल्लाहकार बनाइएका छन् ।








६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया