नव प्रभात माविमा शैक्षिक सामग्री

पोखरा ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण नाइसले नव प्रभात मावि नयाँ बजारका ११ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक तथा स्टेसनरी सामग्री वितरण गरेको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ जे का डिस्ट्रिक चिफ सोनाम साङपोले हस्तान्तरण गरे ।
त्यस अवसर जोन चियर पर्सन तथा लायन्स क्लब अन्नपूर्णका पूर्व अध्यक्ष सूर्यप्रसाद बरालले भर्खर स्थापना भएको क्लबले समाजमा आफ्नो पहिचान राख्न सकेकोमा बधाई दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डेले स्टेसनरी सामान प्रदान गरी विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिइन् ।
प्रधानाध्यापक माया थापाले लायन्स क्लबले खानेपानी टंकी निर्माणमा पनि सहयोग गरेको स्मरण गरिन् । लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसका प्रथम उपाध्यक्ष लक्ष्मी गुरुङ विद्यालयलाई क्रमश विभिन्न सहयोग जारी रहने बताइन् ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसका अध्यक्ष तीर्थ श्रेष्ठले गरेका थिए । स्वागत भाषण कार्यक्रम संयोजक लक्ष्मी गुरुङ र कार्यक्रम सञ्चालन सचिव विष्णुमाया थापा जोजिजुले गरेकी थिइन् ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया