‘बालबालिकालाई हिंसाबाट जोगाऔं’

पोखरा ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले इन्टरनेट सेवा प्रदायक, पर्यटन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीबीच अनलाइनमा हुने बालबालिकाको यौन शोषण रोकथाम विषयक कार्यशाला गरेको छ ।
कार्यशालामा काठमाडौं स्कुल अफ लका सहप्रा तथा अधिवक्ता कपिल अर्यालले सूचना तथा प्रविधि वा इन्टरनेटको दुरुप्रयोग गरी बालबालिकामाथि हुने हिंसा बढेको बताए । बालबालिकाको अनलाइन सुरक्षाः अवधारणा कानुनी व्यवस्था र अभ्यास विषयक कार्यपत्र पेश गर्दै उनले सूचना प्रविधिमा बढ्दो पहुँच, अवसरसँगै चुनौति थपिएको उल्लेख गरे ।
‘विश्वव्यापी रुपमा बाल यौनदुराचारीले सञ्जाल बनाएर बालबालिकालाई यौन दुव्र्यवहार गरेको पाइएको छ,’उ नले भने, ‘नेपालमा आउने केही पर्यटकले सहयोगको नाममा बाल यौन दुराचार गरेका छन् । त्यसैले पर्यटन व्यवसायी सचेत बन्नु आवश्यक छ ।’
उनले पोखरा आसपासको क्षेत्रमा विदेशी पर्यटकबाट भएका ५० बाल यौन दुराचारीका मुद्दा हेरेको जानकारी दिए ।
उनले पर्यटन व्यवसायलाई सम्मानित सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यले पर्यटन नीति २०६५ बनेको बताए । विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० मा न्यायाधिकरण गठन गरेर हरेक जिल्ला तहबाट मुद्दा हेर्ने व्यवस्था भएता पनि न्यायाधिकरण गठन नभएको उनले उल्लेख गरे ।
उनले अनलाइनबाट बाल बालिकालाई हुने हिंसाको सवालमा नेपाल प्रहरीको क्षमता कमजोर भएको तथा अनुसन्धानको दायरा सिमित रहेको दाबी गरे । नेपाल दूरसञ्चार प्राधिकरण लगायत इन्टरनेट सेवा प्रदायक संस्थाले सेवाग्राहीले गर्न हुने र नहुने जानकारी पुस्तिकामार्फत दिनुपर्ने उनले प्रस्ताव गरे ।
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पर्यटन व्यवसाय क्षेत्रमा बालबालिकाको सुरक्षाका लागि ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल भ्रमणमा आउने पर्यटकलाई नेपालको कानुनबारे सुसुचित गर्ने उल्लेख गरे ।
सेलर्डको सुरक्षाका लागि साथ साथ परियोजनाका संयोजक संयोजक तथा अधिवक्ता सन्तोष महर्जनले संस्थाले नेपालमा बालबालिकाको सुरक्षाका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरेको जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया