रेडक्रसको योजना कार्यशाला

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले दोस्रो पञ्च वर्षीय रणनीति योजना (सन् २०८० देखि २०८५) तर्जुमा गर्न कार्यशाला गोष्ठी गरेको छ ।
कार्यशालाको संयोजन गरेका कास्की शाखाका निवर्तमान सभापति डोलराज पाण्डेले कास्की शाखाको अवस्था विश्लेषण र रणनीतिक योजनाको प्रारुप, प्रशिक्षक राजेश घिमिरेले रणनीतिक योजनाको दूरदृष्टि, लक्ष्य र योजना, रेडक्रस सोसाइटी कास्की उपकोषाध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रथम पञ्च वर्षीय योजनाको समीक्षा, रेडक्रस कास्कीका कर्मचारी नवराज भण्डारीले रेडक्रस गतिविधिका बारेमा सहजीकरण गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति उर्मिला खड्का, कानुनी सल्लाहकार खगेन्द्रराज आचार्य, जिल्ला समन्वय समिति कास्की सदस्य सीता विश्वकर्मा, विपद् व्यवस्थापन समितिका सदस्य मिलन केसी, शाखाका मन्त्री सुरेन्द्र गुरुङ, उपशाखा पोखरा ८ का सभापति सीता पाण्डेले दोश्रो पञ्च वर्षीय योजनाका बारेमा बोलेका थिए । कार्यशालामा रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारी तथा कार्यसमितिका सदस्य, उपशाखाका सभापति, विषयगत समितिका सदस्य, शिक्षक नायक, संरक्षक, जुनियर युवा समितिका प्रतिनिधि तथा कर्मचारी गरी ४८ जनाको सहभागिता छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया