रत्नज्याती माध्यमिक विद्यालयले स्थापना दिवस मनाउने

समाधान संवाददाता २०८० जेठ २६ गते १६:४३

पोखरा ।
पोखरा ८ रत्नचोकमा रहेका रत्नज्योती माध्यमिक विद्यालयले स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । जेठ २८ गते देखि असार २ गते सम्म हुने सप्ताहव्यापी कार्यक्रममा रजत जयन्ती, अभिभावक दिवस, तथा एसआरजे एक्सिलेसन अवार्ड अन्तर्गत विद्यार्थीहरूमा निहित प्रतिभा प्रस्फुटन, पहिचानका साथ पुरस्कार वितरण गरी मनाउन लागेको हो ।


कार्यक्रमको पहिलो दिन ट्राफिक जनचेतना रसचेतना, दोस्रो दिन कानुनी साक्षारता र सचेतना, तेस्रो दिन सरसफाई तथा वातावरण सचेतना, ३१ गते दन्त शिविर तथा सचेतना, ३२ गते आंखा शिविर तथा सचेतना, असार १ गते मानव सेवा आश्रममलाई खाध्यान्न तथा लत्ताकपडा सहयोग गरिने र कार्यक्रमको अन्तिम दिन रजत जयन्ती महोत्सव, वार्षिकोत्सवत तथा अभिभावक दिवस, विद्यालयवाट प्रकाशित श्रीरत्न स्मारीका २०८० को लोकार्पण, पुरस्कार वितरण कार्यक्रमका साथै विविध साँस्कृतिक कार्यक्रम गरी मनाइने विद्यालयका प्राचार्य टुवराज बास्तोलाले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यको सहभागीता रहने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया