चरकमा निशुल्क मुटु जाँच जारी

पाेखरा ।
आफ्नी स्वर्गीय आमाकाे स्मृतिमा बरिष्ठ मुटु राेग विशेषज्ञ डाक्टर सूर्य देवकाेटाले पाेखरामा निशुल्क मुटु राेग परिक्षण शिविर सञ्चालन गरेका छन् । कास्की लुम्लेका स्थायी बासिन्दा डाक्टर देवकाेटा मनमोहन कार्डियाे भास्कुलुर सेन्टर काठमाण्डुमा कार्यरत बरिष्ठ मुटु राेग विशेषज्ञ हुन् ।
पाेखरा नागढुङ्गास्थित चरक मेमोरियल हस्पिटलमा हिजाे शनिबारदेखि मुटुका राेगीहरुकाे निशुल्क स्वास्थ्य परिक्षण भैरहेकाे छ । पाेखरामा सामाजिक र खेलकुद क्षेत्रमा कृयाशिल सस्था टाइगर ग्रुप अफ नेपाल पाेखरा र चरक मेमाेरियल हस्पिटलकाे सहकार्य र सहयाेगमा शिवर सञ्चालन भएकाे हाे ।
शनिबारदेखि शुरु शिविर ३० गते मंगलबारसम्म जारी रहने अस्पतालका कार्यकारी निर्देशक कपिल पाेखरेलले समाधानलाई बताए । उनका अनुसार पहिलाे दिन मै सय भन्दा बढी बिरामीले शिविरबाट लाभ लिएका छन् ।
डाक्टर देवकाेटा अध्ययनकाे शिलशिलामा इटली रहेकाे बेलामा करिब ६ महिनाअघि उनकी आमा केला कुमारी देवकाेटाकाे निधन भएकाे थियाे । लामाे समयदेखिकी मुटुराेगी आमाकाे ८२ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।
पढाई बिचमा छाेड्नै नमिल्ने भएका कारणले उनी आमाको अन्तिम दाहसँस्कारमा समेत सहभागी हुन पाएका थिएनन् । हालै आएर हिन्दु रिती रिवाज अनुसार किरिया कर्म गरेका देवकाेटाले आमाकै स्मृतिमा निशुल्क मुटु परिक्षण शिवर चलाएका हुन् ।
म सामान्य परिवारमा जन्मेकाे मान्छे हो, आमाले निकै दुख गरेर पढाउनु भएकाे हाे– देवकाेटाले आमालाई स्मरण गर्दै समाधानसँग भने–आमाले सधै दुखी र राेगीकाे सेवा गरेस् भन्नु हुन्थ्याे, त्यसैले आमाको आत्माले शान्ति पाओस् भनेरै शिवर सञ्चालन गरें ।
डाक्टर देवकाेटाले समय र परिस्थितले भ्याएसम्म आमाकाे स्मृतिमा हरेक वर्ष मुटुराेग परिक्षण शिविर सञ्चालन गरिरहने बताए । उनले मुटुका राेगी र मुटु राेग लागेकाे आशंका भएका सबैलाई निशुल्क शिविरमा परिक्षण गराएर फाइदा लिन अनुराेध गरेका छन् ।
शिविर अवधिभर चरक मेमोरियल अस्पतालले इसिजी र इकाे पूर्ण रुपमा निशुल्क उपलब्ध गराएकाे छ भने अन्य परिक्षण गर्नु परेमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराएकाे छ । स्वास्थ्य परिक्षण शुल्क पूर्ण रुपमा निशुल्क छ ।










नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया