प्रदेश स्तरीय बास्केटबलमा म्याग्दी विजयी
समाधान संवाददाता
२०८० जेठ २८ गते १२:१९

पोखरा ।
पोखरामा शनिबार सकिएको गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा म्याग्दी विजयी भएको छ । गण्डकी प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगितामा पर्वतलाई हराउँदै म्याग्दी च्याम्पियन भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका उपाध्यक्ष्समेत रहेका बास्केटबल खेल प्रशिक्षक बिसन रानाले म्याग्दीले पर्वतलाई ८० का विरुद्ध ८३ स्कोरले हराएको बताए ।
विजेता र उपविजेताले ट्रफी मेडल र प्रमाणपत्रसहित क्रमश ६० हजार र ३० हजार नगद पुरस्कार पाएका छन् । म्याग्दीका खेलाडीहरु पुस्कल छन्त्यालको कप्तानीमा मैदानमा उत्रिएका थिए । ७ जिल्लाले सहभागिता जनाएको प्रतियोगिता ३ दिनसम्म सञ्चालन भएको थियो ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया