सहिद पार्कमा नयाँ समिति

समाधान संवाददाता २०८० असार ६ गते ११:४२

पोखरा ।
पोखरा महानगरपालिकाले निर्माण गरेको राष्ट्रिय विभूति तथा सहिद पार्कको नयाँ व्यवस्थापन समिति गठन भएको छ । पोखरा १८ जामुनबोटमा रहेको पार्कको समितिमा पोखरा महानगरपालिकाका प्रमुख र उपप्रमुख संरक्षक छन् ।

Advertisement


१७ सदस्यीय समितिको अध्यक्षमा भरत थापा छन् । उनी यसअघि उपाध्यक्ष थिए । उपाध्यक्षमा समाधान दैनिकका प्रधानसम्पादक रामकृष्ण ज्ञवाली, सहिद पत्नी सविता दाहाल एवं पार्कका परिकल्पनाकार लक्ष्मण तिमिल्सिना छन् ।


सदस्य सचिवमा गंगाधर तिमिल्सिना छन् । तिमिल्सिना एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य हुन् । सदस्यमा पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, वातावरण शाखा प्रमुख निर्मलमान सिंह भण्डारी, जनआन्दोलनका घाइते शेखर गौतम, स्थानीय प्रकाश भट्टराई, प्रजापति अधिकारी, नगर सभा सदस्य कल्पना ढकाल, राजु पौडेल लगायत छन् ।

Advertisement


समितिले पार्कको व्यवस्थापन एव संरक्षकको योजना तयारी गरी महानगरसमक्ष पेश गर्नेछ । समितिले पार्क भित्र निर्माण हुने संरचनाको रेखदेख गर्नुका साथै नयाँ बन्ने संरचनाको स्थान निर्धारण, निर्माण लगायतका काम गर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया