विच्याटबाट डिजिटल भुक्तानीका लागि एनएमबी बैंकको सहकार्य

पोखरा ।
चिनिया पर्यटकले आफूहरुले चलाउने सामाजिक सञ्जाल विच्याटकै माध्यमबाट नेपालमा भुक्तानी गर्न सक्ने भएका छन् ।
नेपालमा विभिन्न डिजिटल भुक्तानी एप भए पनि विच्याटबाट भुक्तानी सम्भव थिएन । नेपालको वाणिज्य बैंक एनएमबी बैंकले विच्याटको डिजिटल वालेटबाट भुक्तानी गर्ने सेवा सरु गरेको हो । पोखरामा बिहीबार आयोजित कार्यक्रममा उक्त सेवा सुरु गरियो ।
नेपालका लागि चिनिया राजदूत छन सोङले विच्याटबाट फेवा डुंगा व्यवसायी संघलाई सहयोग रकम भुक्तानी गरी सेवा सुरुआत गरे । उक्त रकम उनले फेवातालको सरसफाइ तथा संरक्षणका लागि सहयोग गरेका हुन् । त्यस अवसरमा उनले विच्याट डिजिटल वालेटका प्रयोक्ता १ दशमलव २ बिलियन रहेको जानकारी दिए । ‘यो सेवाले चिनियाँ पर्यटकलाई नेपालमा सजिलो हुनेछ,’ उनले भने । अन्तरदेशीय भुक्तानी सेवाले दुई देशको मित्रता थप प्रगाढ हुने पनि उनको विश्वास थियो ।
डिजिटल वालेटमार्फत हुने भुक्तानीले जीवनशैली बदलिने र सुरक्षित पनि हुने उनको भनाइ थियो । चिनियाँ पर्यटकले गरेको भुक्तानी बैंकिङ प्रणालीमा जोडिनुलाई उनले सुखदको संज्ञा दिए ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले डिजिटल भुक्तानीका लागि सन् २०१९ मै समझारी भएको स्मरण गरे । अहिल्यै नै १२ सय पेमेन्ट मर्चेन्ट बैंकसँग रहेको जानकारी उनले दिए । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नगद सकिएपछि डिजिटल भुक्तानी गर्न पर्यटकलाई सजिलो हुने विश्वास व्यक्त गरे । पोखरामा आउने पर्यटकमध्ये चिनियाहरुको संख्या उल्लेख्य हुने गरेको बताउँदै उनले प्याराग्लाइडिङका लागि पोखरा जान प्रेरित गरिदिन चिनियाँ अतिथिहरुलाई अनुरोध पनि गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बैंकिङ प्रणालीमा पर्यटकको भुक्तानी देखिँदा पर्यटनले अर्थतन्त्रमा गर्ने योगदानको सही हिसाब निस्कने अपेक्षा गरे । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले दुई देशबिच अन्तरदेशीय भुक्तानीले नेपाली र चिनियाँ दुवैलाई सजिलो हुने बताए ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया