थासाङमा ३६ करोड ६८ लाखको बजेट

समाधान संवाददाता २०८० असार ११ गते १४:३८

जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ करोड ६८ लाख बराबरको अनुमानित बजेट खाका सार्वजनिक गरेको छ । आइतबार थासाङ गाउँपालिकाको १२ औं गाउँसभामा उपाध्यक्ष सोमल हिराचनले उक्त बजेट सार्वजनिक गरेका हुन् ।


थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनको अध्यक्षतामा सार्वजनिक गरिएको बजेटमा उपाध्यक्ष हिराचनले विभिन्न अनुदान शीर्षकको अनुदान प्रस्तुत गरेका छन् । बजेटमा अघिल्ला आर्थिक वर्षको बजेट मौज्दात ८ करोड ५९ लाख समेत समावेश गरिएको हो । थासाङले आगार्मी आर्थिक वर्षका लागि ३५ लाख राजश्व उठाउने निक्र्योल गरेको बजेट बक्तव्यमा जनाइएको छ ।


थासाङ गाउँपालिकाले सार्वजनिक गरेको बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ६ करोड ९४ लाख, सर्सत अनुदान १४ करोड, विशेष समपुरक अनुदान १ करोड र राजस्व बाँडफाँडतर्फ ४ करोड २९ लाख छ ।

Advertisement


यसैगरी प्रदेशतर्फ वित्तीय समानीकरण अनुदान ५८ लाख १९ हजार, सर्सत अनुदान ५० लाख, विशेष अनुदान ५० लाख र राजसव बाँडफाँडतर्फ २७ लाख ९६ हजार छ ।


उपाध्यक्ष हिराचनले प्रस्तुत गरेको बजेटमा सामाजिक विकासतर्फ ३ करोड ३६ लाख, पूर्वाधारतर्फ ८ करोड ११ लाख, आर्थिक विकासतर्फ १ करोड ६० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३१ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ७ लाख र विधयेक समितितर्फ ११ लाख गरी कुल बजेटको २० करोड ६८ लाख ४५ हजार रुपैयाँ विनियोजन छ ।

Advertisement


बजेटमा आधारभूत स्वास्थ्य तथा शिक्षा, लैंगिक समानता, सामाजिक समावेशीकरण अभिवृद्धि हुने, वातावरण संरक्षण, दिगो विकास, विपद व्यवस्थापन जलवायु परिवर्तनका नकारात्मक असर कम गर्न योगदान पुर्‍याउने, आर्थिक विकास तथा पूर्वाधार विकासमा प्रत्यक्ष योगदान पुर्‍याउने, रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान पुर्‍याउने, भाषा संस्कृति, रीतिरिवाजको संरक्षण तथा सम्वद्र्धन गर्ने र राजस्व परिचालनलाई योगदान पुर्‍याउने लगायत विषय समेटिएको हो ।

तपाईको प्रतिक्रिया