बेगनास तालमा नयाँ होटल सञ्चालन

लेखनाथ ।
पर्यटकीय नगरी पोखरा महानगरपालिका वडा नं.३१ को बेगनास तालमा होटल बेगनास बङ्गालो सञ्चालनमा आएको छ । पोखरा र आसपासको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको चहलपहल विस्तारै बढ्न थालेपछि नयाँ होटल सञ्चालनमा आएको हो ।
करिब ३ करोड लगानीमा कलात्मक ढंगले निर्माण गरिएको होटल बेगनास बङ्गालो गत बुधबारदेखि सञ्चालनमा आएको हो ।
सञ्चालक राजन रानाभाटका अनुसार होटलमा डिलक्स, एसी मिनी बारसहित ५ कलात्मक कोठा, ४ कटेज र सेमिनार हलको सुविधा छ ।
बेगनासताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वादिस्ट खाना, नास्ता र बासका लागि व्यवस्था रहेको सञ्चालक रानाभाटको भनाइ छ । होटल म्यानेजमेन्ट अध्ययन गरी नेपाल तथा जापानका तारे होटलमा लामो समयको अनुभव प्राप्त रानाभाटले आन्तरिक पर्यटकको इच्छा अनुसार नेपाली खाना, इन्डियन कन्टिेनेन्ट खाजा तथा खाना, पार्किङको सुविधा रहेको जनाए ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया