कास्कीमा ३ महिना नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने जिल्ला समवन्य समितिको निर्णय

पोखरा । कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय भएको छ ।
नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले ३ महिना नदी तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरेको हो ।
नदी जन्य पदार्थ उत्खनन सम्बन्धी संघीय मापदण्डअनुसार ३ महिना सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने व्यवस्थाअनुसार सो कार्य कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरूलाइ पत्राचार गर्ने निर्णय गरिएको छ ।
बैठकबाट नदी जन्य पदार्थ उत्खनन सम्बन्धी संघीय मापदण्ड पहिलो संसोधन २०७९ को दफा ४ को उपदफा १६ मा असारदेखि भदौंमसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने व्यवस्था छ ।
सम्पूर्ण पालिकाहरूलाई नदिजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सोको जानकारी ७ दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन आग्रह गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
७ दिन भित्र मौज्दात विवरण उपलब्ध नगराएको पाइएमा बिक्री वितरण गर्न नपाउने कार्यलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको समन्वय प्रमुख पौडेलले बताए ।
निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने जिल्ला अनुगमन समितिका सदस्य सचिब एबम कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।
‘कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड विपरीत उत्खनन जारी रहेको पाइएको छ,’ उनले भने, ‘नियम पालना नगर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछ ।’









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया