व्यास नगरको राजस्वको प्रमुख स्रोत मादी नदी

दमौली ।
तनहुँको व्यास नगरपालिकाले चालु वर्षको जेठ मसान्त सम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजस्व संकलन गरेको छ । सबैभन्दा धेरै मादी नदी प्राकृतिक स्रोत साधनबाट राजस्व संकलन भएको छ । ढुंगा, गिटी तथा बालुवाबाट १ करोड ६२ लाख राजस्व संकलन गरेको छ ।
सम्पत्ती करबाट ८९ लाख १४ हजार ३ सय ६४, भूमिकर तथा मालपोतबाट ५२ लाख ९८ हजार ५ सय २८, घरवहाल करबाट ८४ लाख ३५ हजार ५ सय ६८, घरभाडा वापत १ करोड ५४ लाख १७ हजार ९ सय ५४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
घरनक्सा पास दस्तुरबाट ८५ लाख ४८ हजार ९ सय ३३, व्यावसायिक करबाट ३४ लाख १२ हजार ४ सय ४६ राजस्व संकलन भएको छ । गएको माघ देखि जेठ मसान्तसम्म ६ वटा निकासी केन्द्रको डिपोबाट १ करोड ६२ लाख ५७ हजार ४ सय ८० राजस्व संकलन गरेको राजस्व व्यवस्थापन शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार चापाघाट, कुमालटारी, मादीवेशी, सत्रसय, सेरा बोटेटार र दुलेपानी गरी ६ वटा निकासी केन्द्रबाट उक्त राजस्व संकलन गरिएको हो । ठेक्का नलगाएपछि नगरपालिकाले गएको माघको दोस्रो सातादेखि आफै राजस्व संकलन गरेको उनले बताए ।
‘मादी नदीदेखि कलेस्तीसम्मको खण्डको ठेक्का लागेको थियो, तर ठेक्का लागेको कम्पनीले सम्झौता गर्न नआएपछि हामी आफैले कर्मचारी खटाएर राजस्व संकलन गरेका थियौं । कलेस्तीदेखि सिसाघाटसम्मको खण्डको ठेक्का नै नलागेपछि त्यहाँबाट पनि कर्मचारी खटाएर राजस्व संकलन गर्यौं,’ उनले भने ।
ठेक्का लागेको खण्ड ‘क’मा कम्पनी सम्झौता गर्न नआएपछि कम्पनीले धरौटी राखेको रकम ७ लाख ७६ हजार जफत गरिएको घिमिरेले बताए । नगरपालिकाले चापाघाट निकासी केन्द्रको डिपोबाट ८९ लाख ३३ हजार ९ सय, कुमालटारी निकासी केन्द्रबाट ५१ लाख ७२ हजार ६ सय ५५, मादीवेशी निकासी केन्द्रबाट १ लाख २४ हजार ९५०, सत्रसय निकासी केन्द्रबाट ५ लाख ९९ हजार २ सय ५०, सेरा बोटेटार निकासी केन्द्रबाट ४ लाख १४ हजार ३ सय ७५ र दुलेपानी निकासी केन्द्रबाट १० लाख १३ हजार ३ सय ५० राजस्व संकलन भएको उनले जानकारी दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया