मासु पसलमा बोर्ड, किसानलाई सम्मान

पोखरा ।
पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न थालेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो ।
महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरे । पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशु वध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिका अनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको जानकारी दिए । महानगर क्षेत्रमा ६ सयको हाराहारीमा मासु व्यवसायी छन् ।
महानगरले पसलको एकरुपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ । महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्ड विपरीतका फ्रेस हाउस बन्द गरिने जनाए । महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरे ।
प्रमुख आचार्यले भने, ‘अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद विक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्ने छौँ । महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनु पर्दछ ।’
उनले महानगरले पोखरामा व्यवस्थित र सुविधा सम्पन्न पशु वधशाला स्थापनाका लागि कामअघि बढाएको जानकारी दिए ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको जनाइन् । उनले मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचपत्र लिन आग्रह गरिन् । पशु सेवा शाखा प्रमुख अधिकारीले मासु पसललाई बोर्ड र व्यावसायिक परिचपत्र वितरणको काम नेपालमै पहिलोपटक सुरु भएको उनको दाबी छ ।
मापदण्ड पूरा नभएका पसल केही दिनको समय दिएर बन्द गराइने उनले जानकारी दिइन् । उनी भन्छिन्, ‘महागनरले मापदण्ड विपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्ने छ । बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ ।’
महानगरले विभिन्न ५ विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । गाई, भैँसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही रु० हजारसहित पुरस्कृत गरिएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैँसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा २५ का गाईपालक कृषक घनश्याम तिमिल्सिना, पोखरा १७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा २० का बाख्रापालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा १९ का बङ्गुरपालक कृषक सरस्वती बस्ताकोटी छन् ।
लामो समय कृषि तथा पशुपालनमा लागेकालाई ज्येष्ठ प्रवद्र्धक कृषकको सम्मान प्रदान गरिएको छ । महानगरले पाडीबाच्छी आफैँ हुर्काएर माउ बनाउने ५ सय कृषकलाई ३ हजार र १ हजार पाडीबाच्छी हुकाउनेलाई ४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपांगता भएका व्यक्तिलाई ८ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदान दिइएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया