ज्येष्ठ नागरिकसँग न्यायिक समिति

पोखरा ।
न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जनस्तरमा चेतना पुर्याउने उद्देश्यले पोखरा महागनरपालिका न्यायिक समितिले ज्येष्ठ नागरिकसँग न्यायिक समिति कार्यक्रम जारी राखेको छ ।
नमुना महिला विकास समाजको आयोजनामा पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिकसँग न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण तथा अन्र्तक्रिया भएको छ ।
पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले स्थानीय तहका विवाद समाधानका लागि न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्था संविधानले गरेको सुनाए । उनले ज्येष्ठ नागरिकसँग सम्बन्धित विवादसमेत न्यायिक समितिले हेर्ने भएकाले यसको जानकारी दिन कार्यक्रम आयोजना गरिएको जनाए ।
न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिले ज्येष्ठ नागरिकलाई इज्जतसँग खान, लाउन नदिएमा न्यायिक समितिमा आउन सक्ने उल्लेख गरे । कार्यक्रममा न्यायिक समिति सदस्य भावना श्रेष्ठले न्यायिक समितिको गठन प्रक्रिया र समितिका अभिलेख संरक्षक राममणि अधिकारीले समितिको अधिकार क्षेत्रका बारेमा प्रशिक्षण दिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्र पोखरा ५ का अध्यक्ष विश्वनाथ पराजुलीले सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । नमुना महिला विकास समाज कास्कीका अध्यक्ष दुर्गा खनालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया