गण्डकी प्रदेश सरकार बजेट
प्रदेश बजेट पारित

पोखरा ।
गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । अर्थमन्त्री जीतप्रकाश आले मगरले असार १ गते ल्याएको बजेट शुक्रबार प्रदेश सभामा बहुमतले पारित भएको हो । अर्थमन्त्री मगरले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
सभामुखले कृष्णप्रसाद धितालले बजेट प्रस्तावमाथि ध्वनिमतको प्रक्रिया अपनाएका थिए । प्रस्ताव निणयार्थ प्रस्तुत हुँदा बहुमत सदस्यले पक्षमा ध्वनिमत दिएका थिए ।
अर्थमन्त्री मगरले ल्याएको बजेटमा ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात ३८.१ प्रतिशत छ । पुँजीगततर्फ २० अर्ब १९ करोड अर्थात् ६०.४ प्रतिशत बजेट छ । ५ अर्ब १६ करोड ९१ लाख उठाउने लक्ष्य बजेटले राखेको छ ।
सरकारले ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्ष दलमात्र होइन्, सत्ता पक्षकै सांसदहरुले चर्को असन्तुष्टि जनाएका थिए । सांसदहरुले कार्यकर्ता रिझाउने गरी बजेट ल्याएको तर, सांसदका योजनामा प्रथामिकता नदिएको भन्दै चर्को आलोचना गरेका थिए । बजेटमाथि छलफलमा भाग लिँदै सांसदहरुले कार्यकर्ता र कर्मचारीतन्त्र हावी भएको आरोप लगाएका थिए ।
सांसदहरुले बजेटको कार्यक्रम चुहावट गरेको भन्दै विरोध नै जनाएका थिए । प्रदेश सरकारले यसपटकदेखि नयाँ राजस्वका दर कायम गर्ने गरी आर्थिक ऐन ल्याएको छ । राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने, सिमेन्ट उद्योगबाट वातावरण कर लिने, दोहोरी, डिस्कोजस्ता मनोरञ्जन क्षेत्रबाट पनि दस्तुर उठाउने गरी आर्थिक ऐन ल्याएको छ ।
बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षमात्रै नभई सत्तापक्ष माओवादीका सांसदले समेत बजेट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जिल्ला गोरखा र अरु मन्त्रीहरुका जिल्लामा मात्रै केन्द्रित रहेको भनी आलोचना गरेका थिए । बजेट छलफलकै क्रममा पनि एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियविरोधी अभिव्यक्ति दिएको भनी उनको राजीनामा मागेर प्रदेश सभा अवरुद्ध गरेका थिए ।
बजेटको कार्यक्रम पुस्तिका आउनुअघि नै सत्तापक्षका कार्यकर्ताकहाँ पुगेको र चुहावट भएको भनेर पनि यसबीचमा प्रदेश सभा अवरुद्ध भएको थियो । एमाले सांसदहरुले विभिन्न मन्त्रालयहरुको बजेट घटाइयोस् भनेर पनि प्रस्ताव गरेका थिए ।
रेकर्डबाट हटाइयो
प्रतिपक्ष एमालेले शुक्रबार सदनमा कांग्रेस सांसद द्रोण कुँवरको अभिव्यक्तिलाई लिएर पनि आपत्ति जनायो र बैठक अवरुद्ध पनि पा¥यो । कुँवरले असार १८ गते बजेटको मन्त्रालयगत छलफलका क्रममा ‘चीनको स्वशासित क्षेत्रमा आबद्ध भएको माननीयहरूको आवाज’ भन्ने वाक्य प्रयोग गरेका थिए । एमाले सांसद सुधीरकुमार पौडेलले शुक्रबार बैठक सुरु हुनासाथ कुँवरको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । सभामुखले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाएसँगै मात्रै बैठक अघि बढेको थियो । उक्त अभिव्यक्ति नहटाउँदासम्म बैठक चल्न नदिने भनी एमाले सांसदहरु उठिरहेका थिए । एमालेको साथमा राप्रपाका २ सांसद पनि लागेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया