४ जिपिए ल्याएका आफ्ना विद्यार्थीलाई मदरल्यान्डको १ लाख पुरस्कार

पोखरा ।
एसइई परीक्षामा मदरल्यान्ड माध्यमिक विद्यालयबाट सहभागी भई ४ जिपिए ल्याएका जोन राना र सुदेश आचार्यलाई शनिबार विद्यालयमा आयोजित दीक्षान्त समारोहमा नगद ५०/५० हजार र सम्मानपत्रका साथ सम्मान गरिएको छ ।
४ जिपिए ल्यउन सफल जोन राना र सुदेश आचार्यले पढाइमा आफूलाई समाहित गरेर निरन्तर अभ्यासमा जुट्न सके आशातीत नतिजा हासिल गर्न सकिने कुरा बताए । अब दुई वर्ष यसै विद्यालयमै अध्ययन गरी उच्च शिक्षाको ढोका खोल्ने चाहना उनीहरुले व्यक्त गरे ।
सोही कार्यक्रममा दस जोड दुईका इन्चार्ज नारायण आचार्यले विद्यालयले दस जोड दुईतर्फ सञ्चालन गरेको विज्ञान र व्यवस्थापन समूहका बारेमा जानकारी गराए । विद्यालय निर्देशक त्रिभुवन शर्माले जीवनमा आइपर्ने परिस्थितिसँग सहज रूपमा जुध्न सक्ने बन्नुपर्ने खाँचो औंल्याए । एसइईपछिको दुई वर्षले भविष्यको यात्रा निर्देश गर्ने भएकाले उच्च लगनशीलताका साथ अध्ययनमा जुट्नसमेत उनले अग्रह गरे ।
कक्षा दसमा अध्यापनरत सम्पूर्ण शिक्षकशिक्षिकाहरूलाई सम्मान गरिएको सो कार्यक्रममा यस वर्ष एसइई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई पनि खादा, मेडल र सम्मानपत्रले सम्मान गरिएको थियो । यस वर्ष मदरल्यान्डबाट एसइईमा सहभागी भएका जम्मा १५१ जना विद्यार्थीमध्ये २ जना ४ जिपिएसहित ७२ जनाले ए प्लस, ४६ जनाले ए, ३१ जनाले बी प्लस र २ जनाले बी ग्रेड ल्याउन सफल भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अंग्रेजी विभागका विभागीय प्रमुख तथा वैदेशिक अध्ययन विद्यार्थी परामर्शकर्ता बामनकुमार घिमिरेले गरेका थिए । कार्यक्रममा प्राचार्य नारायण बराल, शिक्षक तथा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराई लगायतले बोलेका थिए ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया