डायमन्ड माविमा बधाई र सम्मान

लेखनाथ ।
पोखरा २७ तालचोकमा रहेको डायमन्ड माविले यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ ।
स्कुलमा ८९ विद्यार्थीलाई शनिबार पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने लगायतले बधाई ज्ञापन गरे ।
प्राडा लामिछानेले अहिले तेस्रो औद्योगिक क्रान्ति सुरु भइसकेको अवस्थामा सूचना प्रविधि र कृत्रिम वौद्धिकताको विकासलाई शैक्षिक संस्थाहरुले पनि अंगीकार गर्नुपर्नेमा जोड दिए । उनले स्मार्ट एजुकेसनका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गरे ।
पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले शिक्षामा राजनीतिकरण हुने गरेकोमा असन्तुष्टि जनाउँदै स्थानीय सरकार प्रमुखको हिसाबले आफूले निजी तथा सरकारी विद्यालयलाई सँगसँगै लैजाने प्रयास गरेको सुनाए । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’ले डाइमन्ड नयाँ अवधारणाका साथ अघि बढेकोमा धन्यवाद दिए ।
विद्यालयका संस्थापक प्राचार्य यमबहादुर रोकाले पछिल्लो पुस्ता प्रविधिमा अभ्यस्त हुँदै गएकाले स्मार्ट प्रविधिलाई अवलम्बन गरिएको जनाए । निर्देशक माधवशरण उपाध्यायले विद्यार्थीले हासिल गरेको उपलब्धिप्रति विद्यालय परिवार गौरवान्वित भएको सुनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकको तर्फबाट विनोद न्यौपाने, विद्यार्थीहरुको तर्फबाट विनायक न्यौपाने, रुविना पौडेल र मयूर शाही, शैक्षिक प्रशासन प्रमुख इन्जिनियर सञ्जीव थापा, शिक्षक सविता ढुंगाना लगायतले बोलेका थिए ।
२०४५ मा स्थापना भएको डाइमन्डबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया