
गण्डकी ।
एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपांग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।
यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले आगामी साउनभित्रै चारपांग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । ‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन १५ दिने बोलपत्र सूचना निस्किसकेको छ’, उनले भने, ‘बोलपत्रको मूल्यांकनसहित आवश्यक प्रक्रिया पुर्याएर पुरीक्षा सुरु गर्छौं ।’
कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्च्यिुटले बनाएको संरचना भाडामा लिनुपर्ने अवस्था छ । दुईपांग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका १ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।
‘कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो’, प्रमुख थापाले भने, ‘लामो समयसम्म चारपांग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।’
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बागलुङबाट चारपांग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा धवलागिरि क्षेत्र लाभान्वित हुने सुनाए ।
‘लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपांग्रेको ट्रायल हुन सकिरहेको थिएन, अब त्यो छिट्टै सुरु हुन्छ, मन्त्रालयले पनि यसमा विशेष चासो र पहल लिइरहेको छ’, उनले भने, ‘बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्की लगायतका कार्यालयमा देखिएको चाप पनि घट्छ ।’
गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी ४ ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।
सवारी चालक अनुमति पत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा पहिलोपटक बिहीबारदेखि गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया