कांग्रेसले विपी साहित्य महोत्सव गर्ने

समाधान संवाददाता २०८० साउन ३ गते १२:४९

काठमाडौं ।
नेपाली कांग्रेसले विपी साहित्य महोत्सव गर्ने भएको छ । भदौ २४ गते विपी स्मृति दिवसको अवसर पारेर २ दिने साहित्य महोत्सव गर्न लागेको महामन्त्री गगन थापाले जानकारी दिए ।

Advertisement


‘यसअघि हाम्रा धेरै साथीहरू अरूले गरेका साहित्य महोत्सवमा अतिथि बनेर जाने गरेका थियौं । अब हामी अरूलाई बोलाउँछौं,’ महामन्त्री थापाले भने । महोत्सव कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गर्ने उनले जानकारी दिए ।


नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नेपाली साहित्यमा विशेष योगदान छ । नेपाली साहित्यमा यौन मनोवैज्ञानिक धारा भित्र्याउने कोइरालाका २ कथा सञ्चयन, आधा दर्जन उपन्यास, आत्मकथा लगायतका कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया