गण्डकीका यातायातबाट ३ अर्ब राजस्व

पोखरा ।
गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरुले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्बभन्दा बढी राजस्व संकलन गरेका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका यातायात कार्यालयका प्रमुखहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ३० प्रतिशत बढी राजस्व संकलन गरेको तथ्यांक प्रस्तुत गरे ।
बागलुङ, डुम्रे र नवलपुरमा एक–एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले गत आवमा कुल ३ अर्ब १७ करोड राजस्व संकलन गरेका हुन् । सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारीसाधन दर्ता, नवीकरण र जरिवानालगायतका शीर्षकमा राजस्व संकलन भएको हो । ती कार्यालयले आव २०७८/७९ मा २ अर्ब २४ करोड राजस्व संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा ९३ करोड बढी राजस्व संकलन गरिएको छ ।
प्रदेशमा सबैभन्दा बढी २ अर्ब ५ करोड ६० लाख ४८ हजार दुई सय ६४ राजस्व संकलन यातायात व्यवस्था कार्यलय पोखराले गरेको छ । करको दरमा भएको वृद्धि र सहज रूपमा कर तिर्ने व्यवस्था मिलाइएकाले राजस्व संकलन बढेको यातायात व्यवस्था कार्यालय पोखरा (सवारी)का प्रमुख डिल्लीराम रिजालले बताए ।








लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
कांग्रेसको संस्थापनइतर पक्षद्वारा पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया