शिक्षा
बिष्टले दिए थासाङका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री
बिष्टले ५ लाख ३ हजार आर्थिक सहयोग गरेपछि शैक्षिक सामाग्री खरिदिएको थियो ।

जोमसोम—मुस्ताङको थासाङ साविक कुञ्जो गाविस अन्तर्गतका सरकारी सामुदायिक विद्यालयहरुलाई लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पोशाक र शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । थासाङका ५ वटा सामुदायिक विद्यालयका १२५ जना विद्यार्थीलाई पुग्ने गरी अध्यक्ष बिष्टले ५ लाख ३ हजार आर्थिक सहयोग गरेपछि शैक्षिक सामाग्री खरिदिएको थियो ।
सोही आर्थिक सहयोगबाट थासाङको कुञ्जो,टिटी,छयो,देउराली र पैरोथाप्लाका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री संरक्षण व्यवस्थापन समिति कुञ्जोले खरिद गरी गाउँपालिका अध्यक्ष बिष्टकै हातबाट विद्यार्थीलाई वितरण गरिएको ताक्लुङ आधारभुत विद्यालयका प्रधानाध्यापक अर्जुन पुनले जानकारी दिए ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष रहेका बिष्टले जिल्लाका अन्य पालिकालाई पनि उत्तिकै माया र सम्मान गर्छन् । यसैका खातिर उपल्लो क्षेत्रका पालिकाका अध्यक्षले तल्लो क्षेत्रको ओझेलमा परेको विद्यालय र विद्यार्थीहरुलाई आर्थिक सहयोग गरी पोशाक ,शैक्षिक सामाग्री र विद्यालयलाई चाहिने साउण्ड सिस्टम खरिद गरिएको हो । गाउघरका विद्यालयलाई शिक्षा प्रति जागरुक बनाउन आफुले आर्थिक सहयोग गरी शैक्षिक सामाग्री हस्तान्तरण गरेको अध्यक्ष विष्टले बताए ।
उपल्लो मुस्ताङका अध्यक्ष आफै आएर शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु खुसी भएको प्राधानाध्यापक पुनले बताए ।
आईतबार थासाङ—५ का विद्यालयहरुले अध्यक्ष बिष्टलाई आमन्त्रण गरी खरिद गरिएका शैक्षिक समाग्री सहयोग हस्तान्तरण कार्यक्रम गरी वितरण गरिएको कुञ्जोकी स्थानीय सारदा गौचनले जानकारी दिईन ।कार्यक्रममा थासाङका गाउँपालिका अध्यक्ष प्रदीप गौचन,उपाध्यक्ष सोमल हिराचन,थासाङ क्षेत्रका विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति,संरक्षण व्यवस्थापन समिति र स्थानीय अभिभावकहरुको उपस्थिती रहेको थियो ।








लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया