मुक्तिनाथ पाखोमा १ हजार बिरुवा

समाधान संवाददाता २०७६ जेठ २३ गते ११:५२

समाधान संवाददाता, जोमसोम

विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिक्षेत्र आसपासमा १ हजार बिरुवा रोपिएको छ । धार्मिक क्षेत्रको वातावरणलाई स्वच्छ, हराभरा तथा प्राकृतिक सौन्दर्यकरण गर्ने उद्देश्यले
वृक्षरोपण गरिएको हो ।

जिल्ला यूवा समिति र जनप्रिय यूवा क्लबको संयूक्त तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र डिभिजन वन कार्यालय मुस्ताङको सहआयोजनामा बिरुवा रोपिएको जिल्ला युवा समिति मुस्ताङका संयोजक सम्राट गौचनले जानकारी दिए ।

Advertisement

वृक्षरोपण कार्यक्रममा आयोजक जिल्ला यूवा समिति, जनप्रिय यूवा क्लब, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, डिभिजन वन कार्यालय, सैनिक उच्च शिखर शिक्षालय जोमसोम, वज्रदल गण जोमसोम, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका करिब १ सय जनाको उपस्थिति थियो ।

मुक्तिक्षेत्र वरपर वृक्षरोपण गरिएको स्थानमा ५ सय मिटर लामो सिँचाइ पाइप व्यवस्था गरेको छ । वरपर ग्याबिन तारजाली लगाइ पर्खाल निर्माण गर्ने र बिरुवा सिँचाइका लागि आवश्यक औजारसमेत उपलब्ध गराएको छ । बिरुवाको सिँचाइ र संरक्षण भनेर ५ लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Advertisement

बिरुवा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले उपलब्ध गराएको थियो भने मुक्तिक्षेत्रको साङ्तोकमा लगाइएका बिरुवाको हेरचाह जनप्रिय यूवाक्लब रानीपौवाले गर्ने क्लबका अध्यक्ष उल्र्गेन पाल्देन गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया