इम्बोस्ड नम्बर अनिवार्य गर्दै सरकार

समाधान संवाददाता २०८० साउन ११ गते ११:०९

पोखरा ।

Advertisement

सरकारले इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारीसाधनको नवीकरण नै रोक्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने तयारी गरेको हो ।


मन्त्रालयले जारी गरेको घोषणापत्रमा आगामी कात्तिक मसान्तभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने उल्लेख छ । कात्तिकपछि क्रमशः निजी सवारीसाधनमा पनि इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य बनाइनेछ । इम्बोस्ड नम्बर प्लेट जडान नभएका सवारीसाधनको नवीकरण रोक्ने निर्णयसमेत घोषणापत्रमा उल्लेख छ ।

Advertisement


इम्बोस्ड नम्बर प्लेटको अनिवार्यबाहेक भदौ महिनादेखि सबै यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रका लागि विद्युतीय सेवा प्रणाली लागु गरिने पनि जनाइएको छ । स्मार्ट लाइसेन्सको छपाइ प्रदेशस्तरमै गराउने र प्रदेशबाटै वितरण गरिनेछ ।


स्मार्ट लाइसेन्स छपाइ र वितरणका लागि बजेट नै छुट्याएका बागमती, मधेस, कोसी र कर्णाली प्रदेशमा स्मार्ट कार्ड छपाइका लागि प्रिन्टर तथा कार्ड खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया