६ करोडमा बन्यो जलस्रोत तथा सिचाईं डिभिजनको भवन

पोखरा ।
गण्डकी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिचाईं विकास डिभिजन कार्यालय कास्कीले नयाँ भवनबाट कार्य सम्पादन सुरु गरेको छ । २ वर्षअघि ठेक्का लगाएको भवन निर्माण सम्पन्न भएपछि बुधबार औपचारीक कार्यक्रम गर्दै नयाँ भवनमा सरेको हो । गण्डकी प्रदेश सरकार—पूर्वाधार विकास कार्यालय कास्कीमार्फत बनेको यो भवन जलश्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीलाई हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मातहको पहिलो कार्यालयको रुपमा २०७५ भदौ २८ गते सिचाईं डिभिजन कार्यालय कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित बाझापान स्थापना भएको छ ।
२०८७ जेठ ५ गते साविक भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्रिइ, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको गठन भइ सोही मन्त्रालय अन्तर्गत यस कार्यालय बनेको हो ।
सूर्य कन्ट्रक्सन कम्पनीले ०७८ असार २१ गते भवन बनाउने जिम्मा पाएको थियो । सम्झौता भएको समय सीमा भित्रै कम्पनीले काम सकेपछि बुधबार गण्डकी प्रदेश सरकाकी जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी कार्यालयको औपचारी उद्घाटन गरेका हुन् । अन्डग्राउण्डसहित बनेको यो भवन ५ करोड ९९ लाख ७६ हजार ९ सय ७८ रुपैयाँमा सम्पन्न भएको कार्यालयका प्रमुख किरण आचार्यले बताए । उनका अनुसार अण्डग्राण्डसहित तेस्रो तलाको यो भवन १० हजार वर्ग फिटमा फैलिएको छ ।
२२ वटा कोठाको यो भवन संघीयता लागु भएपश्चात ठेक्का सम्झौता भएको थियो । ७ रोपनी ८ आना क्षेत्रफल ओगटेको यस कार्यालयले कास्की जिल्ला अन्तर्गतका सिँचाइ नदी नियन्त्रण, बाढी पहिलो रोकथाम, ढल बाढी व्यवस्थापन फेवा ताल बेगनास तालको सञ्चालन तथा मर्मत, उर्जा विस्तार लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यालयले जीर्ण सिँचाई पूर्वाधारहरुको सुधार र पुनस्थापना, टार क्षेत्रमा सिँचाई सुविधा, सिँचाई प्रणाली तथा नदीको दिगो तथा प्रभावकारी व्यवस्थापन कार्यालयबाट हुँदै आएको छ । जलवायु परिवर्तन तथा आयोजना निर्माणका कारण नदीमा परेका असर न्यूनीकरण पनि यसकार्याल नै गर्छ । पहिरो रोकथाम, नदी नियन्त्रण जग उकास सोलार बत्ति जडान कार्य, तालको पनि रेगुलेट तथा अप्रेसन ड्याम मर्मत उक्त कार्यालयले गर्छ ।
फेवा, बेगनास, विजयपुर र सेती नहर प्रणलीको व्यवस्थापन तथा जग्गा संरक्षण र अतिक्रमण रोकने कार्य पनि यहिँ कार्यालय मातहत गर्छ । सार्दीखोला पुरन्चौर सिचाईं हेम्जा सिचाईं प्रणाली लगायतका मुहान निर्माण कार्य पनि यहिँ कार्यालयबाट सेवा प्रवाह हुँदै आएको छ । यसअघि सुइखेत नदी नियन्त्रण, काली खोला नियन्त्रण, सेती नदी नियन्त्रण हर्पन नदी नियन्त्रण गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया