कभर्डहल र क्रिकेट मैदान अध्ययन गर्न उपसमिति

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेशमा कभर्ड हल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्ने भएको छ । परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय लिएको हो ।
परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतमा भएको बैठकले कभर्ड हल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदका कार्यकारी सदस्य ऋषिराम गौतमको संयोजकत्वमा ५ सदस्यिय उपसमिति बनाएको छ । उपसमितिका सदस्यमा कार्यकारी सदस्य तारामाया थापामगर, परिषदका सदस्य केशव पाठक, विष्णुमाया गुरुङ र कार्यालय प्रमुख तोपलाल भुसाल छन् ।
बैठकले भदौ ३० गतेसम्म यी विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समय पाएको छ । बैठकले विभिन्न प्रतियोगिता सञ्चालन, खेलाडी कल्याणकारी कोषको व्यवस्थापन तथा खेलाडी सम्मान पदक नमुनाको कार्यविधि र मापदण्ड तयार गरी मन्त्रालयमा पेश गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यमा कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्री, मन्त्रालयका कानुन अधिकृत सिर्जना आचार्य र परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल छन् ।
२०८० मा प्रदेश भित्र हुने खेल गतिविधि तथा प्रतियोगिता सञ्चालन र कार्यतालिका क्यालेन्डर निर्माण गर्न कार्यकारी सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपासमिति गठन गरेको परिषदले जनाएको छ । सोको सदस्यमा परिषदका सदस्य योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, शुभकन्या गुरुङ, कार्यालय प्रमुख भुसाल र लेखा प्रमुख नीलकण्ठ ढकाल छन् ।
हालै राष्ट्रिय खेलकुद परिषदबाट प्रदेश खेलकुद परिषद अन्तर्गत आएका कर्मचारीहरुको व्यवस्थापन गर्न तथा परिषदलाई आवश्यक कर्मचारीहरुको लागि संगठन संरचना (ओएनएम) निर्माण गरीअघि बढ्ने परिषदले जनाएको छ । सो ओएनएम निर्माण गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ । समितिमा मन्त्रालयका कानुन अधिकृत आचार्य र परिषदका कार्यालय प्रमुख भुसाल छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया