एसपी कार्की एक्सनमाः विप्लब माओवादीका केन्द्रिय नेता सहित १८ जना पक्राउ

समाधान सम्वाददाता
कास्की जिल्ला सरुवा भएर आए लगत्तै प्रहरीको आन्तरिक सुधारमा लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीको पहिलो एक्सनमा विप्लव माओवादी परेको छ । उनले खटाएको एलआरपी अर्थात लङ रुट पट्रोलिङ टोलीले केन्द्रिय सचिवालय सदस्य सहित १८ जनालाई गिरफ्तार गरेको छ । एकै ठाउमा यति ठुलो संख्यामा विप्लबका कार्यकर्ता पक्राउ परेको सम्भवत यो नेपाल कै पहिलो घटना हो ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ उरी भन्ने गाउबाट शनिबार राती उनीहरुलाई पक्राउ गरिएको हो । स्थानीय आमा समुहको घरमा बैठक बसिरहेको बेलामा कास्की प्रहरीले उनीहरुलाई घेरा हालेको थियो । प्रहरीलको घेराबन्दीमा परेपछि सो समुहले भाग्ने प्रयास समेत नगरेको स्थानीयले बताए ।
पक्राउ पर्नेमा विप्लब माओवादीका केन्द्रिय सचिवालय सदस्य मिलन राई, कास्की सेक्रेटरी जंगबहादुर भण्डारी आक्रोश, क्रान्तिकारी विद्यार्थी संगठन कास्कीका अध्यक्ष काजि गुरुङ लगायत रहेको एसपी कार्कीले पुष्टी गरे । उनीहरु सबैलाई शनिबार राती नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान भैरहेको छ ।
शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा विप्लब नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने बारे कास्की प्रहरीले अघिल्लो दिनमै थाहा पाइसकेको थियो । सोही सूचनाको आधारमा सिबिलका प्रहरी सहितको एलआरपी खटाइएको कार्कीले जानकारी दिए ।
पक्राउ परेको टोलीबाट केही दस्तावेज बरामद भए पनि हात हतियार भने फेला नपरेको एसपी कार्कीले बताए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया