सहारा एकेडेमीलाई सहयोग

समाधान संवाददाता २०८० साउन २१ गते ११:२३

पोखरा ।

Advertisement

सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई विभिन्न व्यक्तिले शनिबार सहयोग गरेका छन् । सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष सुमित्रा गुरुङ, कार्यसमिति सदस्य एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी तिलक गुरुङ लगायतले पोखरा १७ दोबिल्लास्थित एकेडेमी अवलोकन गर्ने क्रममा सहयोग हस्तान्तरण गरेका हुन् ।


पोखरा १० रामबजार घर भई हाल हङकङ निवासी पुष्पा गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा २५ हजार, देवेन्द्रजंग महतको स्मृतिमा हङकङ निवासी उनकी श्रीमती कमलाले १५ हजार र पूर्व राष्ट्रिय खेलाडी तिलक गुरुङले १० हजार सहयोग गरे । सहारा हङकङ उपाध्यक्ष सुमित्रा गुरुङले एकेडेमीमा आश्रित बालकहरु भागवत चौधरी र सन्तोष साहीका निम्ति कम्प्युटर सिक्न ३० हजार नगद सहयोग गरिन् ।

Advertisement


उक्त सहयोग सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङलाई हस्तान्तरण गरिएको महासचिव रामजीप्रसाद अधिकारीले बताए । क्लबले अहिले चौंथो ब्याचका रुपमा बाबुआमा गुमाएका विपन्न तथा कठिन परिस्थितिमा गुज्रिएका बालकलाई भर्ना लिएको छ ।


गत वर्षमात्रै एकेडेमीको नाम परिवर्तन गरी सूर्यबहादुर केसी मेमोरियल सहारा आवासीय फुटबल एकेडेमी राखिएको हो । आगामी १० वर्षसम्म पूर्व सांसद, उद्योगी एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारले एकेडेमीलाई बर्सेनि १० लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने सहमति छ । २०५५ भदौ ३० मा स्थापना भएको क्लब एकेडेमीले यसै वर्ष रजत जयन्ती मनाउँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया