तालवाराही माविलाई पूर्वविद्यार्थीको २ लाख सहयाेग

पोखरा ।
तालवाराही माविमा होटल म्यानेज्मेन्ट संकायका लागि आवश्यक प्राक्टिकल ल्याब बनाउन भूपू विद्यार्थीले २ लाख सहयोग गरेका छन् । पूर्व विद्यार्थीबाट संकलित २ लाखको चेक एसोसिएसनका अध्यक्ष नारायण पहारीले व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
तालवाराही माविका पूर्वविद्यार्थीको साझा भूतपूर्व विद्यार्थी एसोसिएसनको प्रथम साधारणसभा शनिबार भएको छ । विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले २०१४ मा स्थापना भएको तालवाराहीको समग्र शैक्षिक क्षेत्रको विकासमा योगदान धेरै लामो र निरन्तर रहेको बताइन् ।
गुणस्तरीय शिक्षाका लागि एसोसिएसनको भूमिका अब्बल रहने उल्लेख गर्दै विद्यालयले शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मारेको उनले सुनाइन् । राज्यबाट जति पाउनुपर्ने साथ, सहयोग विद्यालयले नपाएकोमा गुनासो गर्दै उनले आफूले विद्यालयको शैक्षिक गुणस्तर विकास र भौतिक पूर्वाधारका लागि सधैँ आवाज उठाउने प्रतिबद्धता जनाइन् ।
भूपू विद्यार्थी एसोसिएसनका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व सांसद राजीव पहारीले विद्यार्थीबीच भाइचारा वृद्धि गर्ने सबैलाई एउटै छातामुनि आवद्ध गर्ने र अध्ययन गरेको विद्यालयको गरिमालाई उच्च राखी हरेक तवरबाट सहयोग गर्ने उद्देश्य राखी एसोसिएसन स्थापना गरिएको जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपानेले नेपाल सरकारबाट प्राप्त आर्थिक सहयोगले मात्र विद्यालय सञ्चालन गर्ने कठिनाइ हुने गरेको गुनासो गरे । विद्यालयले शैक्षिक एवं भौतिक रुपमा भएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको ठोकुवा गरे ।प्राचार्य ताराप्रसाद पोखरेलले विद्यालयले शैक्षिक भौतिक प्रगति गरिरहेको बताए । उनले विद्यालयले व्यवस्थापन र शिक्षा संकायको पढाइ भइरहेका जानकारी दिँदै यसै शैक्षिक सत्रदेखि होटल म्यानेज्मन्टको अध्यापन सुरु गरिएकोे सुनाए ।
वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय सरकारबाट हुने बजेट विनियोजनमा आफूले आवाज उठाउँदै आएको र आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
एसोसिएसन अध्यक्ष नारायण पहारीले देशभित्र र बाहिर छरिएर रहेका विद्यार्थी एकीकृत गर्नुका साथै परिचय र सहकार्यको माध्यमबाट विद्यालयको शैक्षिक विकासलाई सामाजिक उत्तरदायित्व सम्झेर उद्देश्य प्राप्तिमा कटिबद्ध रहने कुरामा जोड दिए ।
एसोसिएसनले मेघा अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष १ सय जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्ने योजना उनले सुनाए । पोखरा ६ लेकसाइडमा सञ्चालित उक्त विद्यालयमा करिब १ हजार विद्यार्थी पढ्छन् । कार्यक्रममा संस्थाका सदस्य गणेशराज पहारीले पनि बोलेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया