४ सयभन्दा बढी विद्यार्थीलाई उपकार फाउन्डेसनको शैक्षिक सामग्री सहयाेग

पोखरा ।
महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला–२ स्थानचौरमा उपकार फाउन्डेसन, नेपालको प्रथम साधारणसभा हालै सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष अविलास गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्वतारोही, समाजसेवी तथा शिक्षाप्रेमी नोगुची केन जस्ता दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए ।
फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा नोगुची केनको अमूल्य देन रहेको बताए । समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्वपूर्ण योगदान र्पुयाउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए । सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले नोगुची केन र उपकारजस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाए ।
कार्यक्रममा समाजसेवी शिवकुमार गौतम, चित्रबहादुर कार्र्की लगायतले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए । सो अवसरमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक नोगुची केन, पिक एड र केन नोगुचीज फाउन्डेसन जापानको आर्थिक सहयोग एवं उपकार फाउन्डेसन, नेपालको आयोजनामा महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक, अन्य छिमेकी विद्यालयहरु शिवालय आधारभूत विद्यालय, खहरे आधारभूत विद्यालय, महेन्द्र जनसहयोग आधारभूत विद्यालय, काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृहका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
सोही कार्यक्रममा फेदीखोला–२, खहरे निवासी क्यान्सर रोगबाट पीडित पूजा अधिकारी कार्कीलाई नगद १० हजारसमेत प्रदान गरिएको थियोे । निशुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नेत्रबहादुर कार्कीलाई सम्मान समेत गरिएको थियोे । उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षक पार्वती कार्कीले सञ्चालन र शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन् ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया