११.९९ प्रतिशत निश्चित ब्याजदरमा गरिमाको कर्जा

पोखरा ।
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ ।
११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्न गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुआत वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने गरिमा बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बैंकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया