लिटिल स्टेपमा बधाई
पोखरा ।
पोखरा ८ सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयले २०८० को बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चकोशी आर्थ डाँडाखर्क समाजका संस्थापक अध्यक्ष क्या. लालप्रसाद गुरुङ लगायतले विद्यार्थीलाई बधाई दिए ।
अध्यक्ष शेरबहादुरले विद्यालयले ४ दशक लामो शैक्षिक यात्रामा धेरै उकाली ओराली सामना गरेको र आफूले सदैव अभिभावक र शिक्षाविद्बाट साथ र समर्थन प्राप्त गरेको सुनाए । उनलेसफल विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे ।
संस्थापक प्राचार्य पम्फा गुरुङले विद्यार्थी र अभिभावकको दशक लामो शैक्षिक यात्राको एक चरण सम्पन्न भएको सुनाइन् । कार्यक्रममा पोखरा लिंकन इन्टरनेसनल कलेजका प्रमुख अनिलकुमार अर्यालले कलेजमा सञ्चालित बिबिए र बिएचएम कार्यक्रमबारे जानकारी दिए । सो अवसरमा अंग्रेजी शिक्षक गंगाराम पौडेल, +२ की क्रिष्टिना छन्त्याल, उत्कृष्ट अंक हासिल गर्ने आकाश गुरुङ लगायतले बोलेका थिए ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।









वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया