त्रिवेणी कलेजमा बधाई तथा सम्मान

समाधान संवाददाता २०८० भदौ ६ गते १६:४३

लेखनाथ ।
त्रिवेणी इन्टरनेसनल कलेज पोखरा २७, तालचोकमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा लिइएको स्नातक दोस्रो वर्षको वार्षिक परीक्षामा विशिष्ट श्रेणीसहित उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको छ ।

Advertisement


उक्त अवसरमा मन्तव्य राख्दै कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले त्रिवेणी इन्टरनेसनल कलेज विद्यार्थीको पहिलो रोजाइ बन्दै गएको भन्दै कलेजको शैक्षिक गुणस्तरलाई अझै माथि उकास्न एवं विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि सञ्चालक समिति प्रतिबद्ध रहेको बताए ।


गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल यस कलेजबाट यस वर्ष प्रथम हुने सिम्रन रेग्मीले ७७.४० प्रतिशत अंक प्राप्त गर्न सफल भएकी थिइन् । उत्कृष्ट विद्यार्थीलाई खादा, माला, अबिर तथा पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

कलेजका प्रमुख यदुराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्रन रेग्मी, सुनीता गुरुङ, रञ्जना रिमाल, अनिता न्यौपाने, दीपेश सुवेदी लगायत विद्यार्थीहरुले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया