वातावरणमैत्री झोला बनाउने तालिम सुरु

स्याङ्जा ।
युनाइटेड कम्युनिटी नेपाल (युनिकन) ले होप फर चिल्ड्रेनको सहयोगमा फेदीखोला गाउँपालिका वडा नम्बर १ रामकोट, स्याङ्जामा ४५ दिने ‘वातावरणमैत्री झोला बनाउने तालिम’सुरु भएको छ ।
तालिम शुभारम्भ कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्ने र आवश्यक बजार व्यवस्थापनको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
फेदीखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अमृत क्षेत्रीले सीप तथा दक्षता आजको आवश्यकता भएकाले यस अवसरलाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा सहभागीहरुले ध्यान दिनुपर्ने विचार राखे ।
कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानेले धेरै चरणको छलफल पछि महिला दिदीबहिनीहरुको माग अनुसारको कार्यक्रम सञ्चालन गरिएको बताए । उनले महिला दिदीबहिनीहरुको सीप विकास हुनुका साथै आत्मनिर्भर बन्न सहयोग पुर्याउने र यस कार्यक्रमको प्रभावकारिता उल्लेखनीय रहेको तथा बजार व्यवस्थापनमा समेत सहज हुने सुनाए ।
कार्यक्रममा सहभागीको तर्फबाट रामकोट आमा समूहको अध्यक्ष पूर्णसुभा रामदामले सीप सिकेपछि व्यावसायिक रुपमा अगाडि बढ्न सहभागीहरु उत्साहित भएको बताए । कार्यक्रममा फेदीखोला गाउँपालिका वडा नम्बर १ को रामकोटबाट २७ जना दिदीबहिनीहरुको सहभागिता छ । तालिममा प्रशिक्षक सोनिया थापा मगर छन् । कार्यक्रमको अध्यक्ष रामकोट टोल सुधार समितिका अध्यक्ष टकबहादुर गुरुङले गरेका थिए । सञ्चालन नवीना गुरुङले गरेकी थिइन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया