बेपत्ताको अवस्था सार्वजनिक गर्न माग

पोखरा ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको १३ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बुधबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ ।
बेपत्ता योद्धा परिवार कास्की कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश पोखरा, शान्तिका लागि नागरि समाजको सञ्जाल पोखरा, एड्भोकेसी फोर नेपाल गण्डकी प्रदेश कार्यालय, कोपिला नेपाल गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी, चिल्ड्रेन नेपाल महिला मानव अधिकार रक्षक सञ्जाल, न्यायको लागि द्वन्द्व पीडित समाज लगायतले ज्ञापन पत्र बुझाइएका हुन् । उनीहरुले पीडित परिवारको सत्य, न्याय बिनाको शान्ति एवं मेलमिलाप मान्य नहुने र परिपूरणको अधिकारको सुनिश्चिताको मागसहित समावेशी सङ्क्रमणकालीन न्याय, मेलमिलाप तथा द्वन्द्व समाधानका लागि आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको आदेश बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न, जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यलाई ऐन बनाएर अपराधिकरणमा राख्न आग्रह गरिएको छ । नेपाल सरकारलाई बेपत्ता व्यक्तिको संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गर्दै बेपत्ता व्यक्तिको छानबिन आयोगले हालसम्म गरेका कामकारबाही सार्वजनिकसमेत अनुरोध गरिएको छ ।
छनबिन प्रक्रियालाई प्रभावकार बनाउन विज्ञ र मनोसामाजिक परामर्शदाता समावेश गर्नुपर्नेमा पनि जोड दिइएको छ । सरकार र नेपाल कम्युनिस्ट पाटी (माओवादी) बीच २०६३ मंसर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्ने उल्लेख थियो । ज्ञापन पत्रमा द्वन्द्व पीडित परिवारले परिचयपत्र प्राप्त गर्नुबाहेक अन्य केही उपलब्ध नभएको उल्लेख छ ।
पीडितहरुको अर्थपूर्ण सहभागिता लगायत राष्ट्रिय मानवअधिकार आयोग, लगायत अन्य सरोकारवाला संघ संस्थासँग समन्वय गर्दै मानवीय कानुन र मानवअधिकार कानुन उल्लंघनको परिणम स्वरुप घटित हत्या निःशस्त्र व्यक्तिको हत्या तथा यातना जस्ता गम्भीर अपराधलाई सामान्य मानवअधिकार उल्लंघनको कोटीभित्र राखेर क्षमदान दिन नहुने ज्ञापनपत्रमा उल्लेख गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र परिपूरणको माग सम्बोधन गर्न ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता गरे ।
दीप प्रज्ज्वलन
बलपूवक बेपत्ता पारिएकाहरुको सम्मान र सम्झनामा पोखराको सहिद चोकमा दीप प्रज्ज्वलन गरिएको छ । बुधबार बेलुका बेपत्ता पारिएका व्यक्तिहरुको परिवार, नागरिक समाज र अधिकारकर्मीले बत्ति बालेका हुन् । बेपत्ता पारिएकाहरुको १३ औं अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा दीप प्रज्ज्वलन गरिएको बेपत्ता योद्धा परिवार समाज कास्की अध्यक्ष अणनाथ बरालले बताए ।
उनले भने, ‘बेपत्ता भएकाको खोजी गर्न सरकारले छिट्टोभन्दा छिट्टो काम गरेर पीडित परिवारलाई न्याय दिओस् । होइन भने हामी सडक आन्दोलन गर्न बाध्य हुने छौँ ।’ उनले बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक नगरेकाले पीडित परिवार विभिन्न अधिकारबाट बञ्चित हुनु परेको गुनासो बढ्दै गएको जनाए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया