लेउवासंघ १४ औं महाधिवेशन
अल्पकालीन र दीर्घकालीन योजना बनाउनेछुः ओझा

लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशबाट नयाँ नेतृत्व चयनका लागि हरेक कार्यकारी पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाकाे उम्मेदवारी परेकाे छ । उनी हाडवयर व्यवसायी हुन् । ओझा लेखनाथ हाडवयर्स एसोसिएसनका संस्थापक अध्यक्ष हुन् । राजनीतिक पृष्ठभूमिका ओझा विनोद श्रेष्ठको समूहबाट उम्मेदवार बनेका हुन् ।
संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष मैले सिक्ने र सिकाउने संघको मान्यतालाई आत्मसात् गर्दै आगामी कार्यकालका लागि नियमानुसार नै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । २०७२ मा कार्यसमिति सदस्य भएर सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक, सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा पुर्याएको योगदानका कारण कोषाध्यक्षमा निर्वाचित भएपछि प्रथम र द्वितीय उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष पदको चुनावी मैदानमा छु ।
‘सिर्जनशीलता, उद्यमशीलता र आर्थिक समृद्धि, आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अघि बढिरहँदा मेरो सरल स्वभाव, सामाजिक सम्बन्ध र सबैलाइ न्यायोचित व्यवहार गर्ने भएर नै होला, मेरो अहिलेसम्मका यात्रा सफल भएका छन् । आगामी दिनमा पनि त्यसको न्याय गर्ने जिम्मा उद्यमी, व्यवसायी महानुभावहरुकै हो ।
रुपा गाउँपालिका २ मा जन्मथलो भई क्याम्पस पढ्ने उमेरदेखि नै व्यावसायिक क्षेत्रमा आउँदा संगालेका आरोह र अवरोहलाई आम व्यवसायीलाई सिकाउने गरी लामो समयदेखि लेखनाथ र पोखरालाइ कर्मथलो बनाउँदै गर्दा अब समाजका लागि पनि केही गर्रौं भन्ने भावनाले सामाजिक कार्य गरिरहेको नागरिक परोपकार समन्वय संस्था कास्कीको संस्थापक अध्यक्ष भएर कोभिड महामारीमा समेत सक्रिय थिएँ । संस्थालाई उचाइमा पु¥याउँदै सामाजिक कार्यमा आफूलाई उभ्याउन सफल भएकाले नै होला, मलाई साथ दिनेको कमी छैन ।
पेशाले हाडवयर व्यवसायी भए पनि मेरो लगानी सञ्चार क्षेत्र, निर्माण, शैक्षिक संस्था र अन्य धेरै सामाजिक संघ, संस्थामा छ । यस्तो संलग्नता भएकाले नै मलाई चुनाव जित्नुभन्दा पनि मैले गरेका प्रतिवद्धता पूरा गरेर आम व्यवसायीलाई आर्थिक रुपमा कसरी सक्षम बनाउन सकिन्छ भन्नेमा मेरो सोच केन्द्रित हुने गरेको छ । संस्थागत हितका सवालमा अहिलेसम्म गरेका कामका उपलब्धि र आगामी दिनमा संघले अल्पकालीन र दीर्घकालीन योजनालाई आगाडि सार्ने मेरो प्राथमिकता हो ।
व्यवसायीका समस्था धेरै छन्, त्यसमा पनि मुख्य समस्या पोके व्यापारीको हो । त्यसका लागि हामीले प्रयास नगरेको पनि होइन, तर कडाइका साथ लागू गर्न भने सकिने तर आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर समस्यको न्यूनीकरण गर्ने अभियान रहिररने जानकारी गराउन चाहन्छु ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया