विद्यालय सुधारका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता

पोखरा ।
विद्यालय सुधारका लागि पोखराका ४ विद्यालय र काठमाडाैं विश्वविद्यालयका बिच शनिबार सम्झौता भएको छ । कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ बिश्वबिद्धालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइँटेल र पोखरा ४ विद्यालयका प्रधानाध्यापकहरुले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पोखरा–८, न्युरोडको लक्ष्मी आवासीय माध्यमिक विद्यालय (एलए) का प्रधानाध्यापक डा. विश्वयुधीर पौडेल, पोखरा–२६, बुढीबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए)का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्याक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बालप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार काठमाडौ विश्वविद्यालयको सहकार्यमा यस क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्याउने छ । सो योजनाको ४ विद्यालयका प्रतिनिधिहरुको एलायन्स फर एजुकेसनल एक्सिलेन्स गठन (एइसी) गरिएको पनि थियो ।
अबको शिक्षा ज्ञानमा मात्रै सीमित नभई सीपसहितको शिक्षा आजको आवश्यकता रहेको कारण यो सम्झौता गरिएको एलएका प्रधानाध्यापक डा विश्वयुधीर पौडेलले बताए । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता थियो ।









शुभ सिद्धार्थ सहकारीको सभा
प्रमुख पर्यटकीय पदमार्ग गम्भीर जोखिममा
माधव वियोगीलाई ‘कविशिरोमणि लेखनाथ पुरस्कार’
पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया