
जोमसोम ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोला र नदीको वहाव क्षेत्र उकासिँदा जोखिममा परेका बस्तीहरु जोगाउन आवश्यक कदम चाल्ने प्रतिवद्धता गरेका छन् । कालीगण्डकी र आसपासका अरु खोलामा नदीजन्य पदार्थले मुस्ताङका बस्ती जोखिममा परेपछि उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भने, ‘नदी उकासले बस्ती जोखिममा रहेको पाइयो । प्रकृति संरक्षण, मानवीय हित र सुरक्षालाई सन्तुलित ढंगले सोचेर काम गर्नु आवश्यक देखियो । यो गम्भीर यसलाई सरकारले प्राथमिकता दिएर समाधान गर्ने छ ।’
बाढी प्रभावित क्षेत्र निरीक्षणपछि उनले कागखोला बाढीले गरेको क्षति आफूले कल्पना गरेभन्दा निकै बढी देखिएको उल्लेख गरे । कागबेनी र यहाँको वस्ती पुनर्निर्माणका लागि विज्ञहरुको अध्ययनपछि योजना तयार गरी वैज्ञानिक ढंगले काम गर्ने उनको भनाइ छ ।
‘सर्वप्रथम तत्काल गर्न सकिने काममा सरकार गम्भीर छ । जनतासँग तीन तहकै सरकार छन्,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यहाँका आधारभूत आवश्यकता र भौतिक पूर्वाधार तत्काल बनाउन निर्देशन दिएको छु ।’ कागबेनीको भौगोलिक अवस्था अध्ययन गरी पुनर्निर्माण प्रक्रिया थालनी उनले जनाए ।
राहत सामग्रीसहित मंगलबार बिहान उनी मुस्ताङ आएका हुन् । मन्त्री श्रेष्ठलाई माओवादीका जिल्ला इन्चार्ज कपिल लामा, संविधान सभा सदस्य श्रीमाया थकाली, सिडिओ अनुप केसी, स्थानीय तहका पदाधिकारी, सुरक्षाकर्मी, कर्मचारी र बाढी प्रभावित क्षेत्रका स्थानीयले स्वागत गरेका थिए ।
फरक प्रशंगमा गृहमन्त्री श्रेष्ठले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कोरला सडक विस्तार भइरहेको र छिट्टै सरकारले नाका खोल्ने आश्वासन दिए ।सरकारले नाका खोल्न उपयुक्त पूर्वाधार निर्माण गर्न पहल गरिरहेको उनको दाबी छ । देश सुशासनसहित आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउन मुस्ताङको विकास अपरिहार्य रहेको मन्त्री श्रेष्ठले औंल्याए । सरकारले उपल्लो मुस्ताङलाई विविध कारणले फरक ढंगले लिने गरेको र सो स्थान एक्यापको निषेधित तथा नियन्त्रित क्षेत्र रहेकाले त्यसलाई खुला गर्न केही चुनौती रहेको उनले सुनाए ।
वारागुङ मुक्तिक्षेत्र अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले गृहमन्त्रीको भ्रमणले जनतामा आशाको सञ्चार भएको जनाए । कागबेनीलाई पूर्ववत् अवस्थामा लैजान संघीय तथा प्रदेश सरकारको सहयोग प्राप्त हुने विश्वास उनले प्रकट गरे । सिडिओ अनुप केसीले कागबेनी बाढी प्रभावित क्षेत्रको जियोलोजिक अध्ययन गरी गुरुयोजना बनाएर काम हुनुपर्ने औंल्याए ।
यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङ, प्रजिअ अनुप केसी, कागबेनी गाउँका अगुवा फेञ्चोक छेप्तेन गुरुङ र वारागुङ ३ का अध्यक्ष विनोद गुरुङले अलग अलग ज्ञापनपत्र गृहमन्त्रीलाई बुझाएका थिए । मन्त्री श्रेष्ठले हेलिमार्फत् ल्याइएका १० थान टेन्ट, त्रिपाल ३५ थान र कम्बल ५० थान बाढी पीडितलाई दिन स्थानीय तहलाई हस्तान्तरण गरे ।
वारागुङ मुक्तिक्षेत्रमा साउन २८ गते आएको बाढीले करोडौंको भौतिक संरचना रस्याउबारीमा क्षति पुगेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया