कोन सहकारीले १६.३८ प्रतिशत लाभांश बाँडने

पोखरा ।
कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आव २०७९/८० मा ८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यस वर्ष सहकारीले १६.३८ प्रतिशत सेयर लाभांश वितरण गर्ने भएको छ । सहकारीले आव २०७९/८० मा संरक्षित पुँजी फिर्ता कोषबाट कारोबारको आधारमा ऋणी सदस्यहरुलाई ३.७४ प्रतिशत र बचतकर्ता सदस्यहरुलाई ३.२८ प्रतिशत को दरले बोनस वितरण गरिने संस्थाका महाप्रबन्धक सुजाता हमालले जानकारी दिइन् ।
सहकारीले यो अवधिमा ४ हजार १ सय ४४ जना सदस्य पुर्याएको छ । आव २०७९/८० मा संस्थाको सेयर पुँजी १८ करोड ६९ लाख ४६ हजार तीन सय, बचत १ अर्ब ५३ करोड ४२ लाख तेतिस हजार एक सय र ऋण लगानी १ अर्ब ३५ करोड ५६ लाख ३० हजार ५ सय ४४ भएको हमालले बताइन् । उनका अनुसार संस्थामा साधारण जगेडा कोष १७ करोड ६ लाख र अन्य कोषहरुको रकम ६ करोड १८ लाख, तरलता वित्तीय लगानी सहित ३६.९२ प्रतिशत र कुल सम्पत्ति २ अर्ब ६ करोड ५५ लाख ७९ हजार ६ सय ८१ छ ।
सहकारीले अनलाइन मार्फत मोबाइल बैकिङ सेवा, खानेपानी र बिजुलीको महसुल तिर्ने व्यवस्था र एसएमएस सेवा दिँदै सदस्यलाई सहजीकरण गर्दै आएको महाप्रबन्धक हमालले जानकारी दिइन् । संस्थाको युनाइटेड रेफरेन्स ल्याबरेटरी प्रालिसँग भएको सम्झौता अनुसार यस संस्थाको सदस्यहरुले संस्थाको परिचयपत्रको आधारमा सबै प्रकारका परीक्षण सेवामा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सहकारीले आफ्ना सदस्यहरुलाई समय समयमा शिक्षा कार्यक्रम गरी सकारीको वारे जनचेतना दिँदै आएको छ ।
आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाइ कार्यक्रम र हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अधिकृत हेमा गुरुङले बताइन् । सेयर सदस्यहरुलाई आइपरेका दुःखका दिनमा समवेदना र चाडपर्वमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको अधिकृत गुरुङले सुनाइन् । कोन गरिब तथा जेहेन्दार छात्रवृति कार्यक्रम अन्तर्गत भद्रकाली बहुमुखी क्याम्पसमा स्नात्तक तह अध्ययनरत जेहेन्दार विद्यार्थी मेनका मल र जस्मिना घलेलाई हालै छात्रवृत्ति प्रदान गरेको छ ।









कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया