कक्षा ६ को दिवा खाजा कटौती

पोखरा ।
नेपाल सरकारले कक्षा ६ का विद्यार्थीका लागि विद्यालय दिवा खाजा सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातसँगै साउन महिनादेखि दिवा सेवा खाजा कटौती भएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
असल छिमेकी सहयोग संघ (गोनेसा)नेपालले सञ्चालन गरेका कार्यक्रमबारे जिल्ला परियोजना सल्लाहकार समितिले आयोजना गरेको कार्यक्रममा उनले बालबालिकाको वृत्ति, विकास र सिकाइको लागि पौष्टिक खाना र खाजा निर्णायक हुने भएकाले खाजाको व्यवस्था भएको बताए । ‘कक्षा ६ का विद्यार्थीले वैशाख, जेठ, असारसम्म दिउँसोमा खाजा पाएका थिए । सरकारले यो आर्थिक वर्षदेखि अनुदान बन्द गरेपछि साउन १ गतेदेखि खाजा कटौती भएको छ,’ उनले भने, ‘नेपाल सरकारले प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीको लागि मात्र बजेट विनियोजन गरेको छ ।’
उनले दिवा सेवा खाजाको लागि नेपाल सरकारले प्रति विद्यार्थी १५ र पालिकाले थप १० रुपैयाँको व्यवस्था गरेको जानकारी दिए । जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले बाल विकास केन्द्रका बालबालिकालाई शिक्षा स्वास्थ्यका अलावा पोषणयुक्त खाना आवश्यक भएको बताए । गरिबीको रेखामुनिका जनताको अवस्था सुधार, शिक्षा स्वास्थ्यको सूचक राम्रा नभएको कारण दिगो विकास लक्ष हासिल गर्न कठिनाई भएको उनले दाबी गरे । उनले बाल विकास केन्द्रको शिक्षालाई दिगो र व्यवस्थित बनाउन सुझाव दिए ।
गोनेसा नेपाल अध्यक्ष रामप्रसाद सुवेदीले दातृ संस्था भिस्पे इटालीको सहयोगमा विपन्न र कठिन परिस्थितिका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा कार्यक्रम गर्दै आएको जानकारी दिए । सामाजिक संस्था विकासको साझेदार भएको उल्लेख गर्दै उनले पोखरा महानगरपालिकाले सामाजिक संघ, संस्थाले गरेको काममा समन्वय नगरेको गुनासो गरे ।
गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा सुवेदीले बाल विकास कार्यक्रम अन्तर्गत १२ समुदायमा आधारित र ७ विद्यालयमा आधारित बाल विकास केन्द्र चलाएको उल्लेख गरे । उनले बाल विकास कार्यक्रममा ८ सय ५१ र बाल बालिका विद्यालय भर्ना कार्यक्रममा ८ सय ५१ विद्यार्थीलाई सेवा प्रदान गरेको बताए । उनले विद्यालयमा समायोजन गरेको बाल विकास केन्द्र सञ्चालन गर्न सहज भएको जनाए ।
उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका अनुसार बाल विकास केन्द्रका बाल बालिकालाई पोषणयुक्त खाजाको व्यवस्था गरेको उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री, जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीप्रसाद आचार्य, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख फूलदेव तिमिल्सिना, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेल, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद पौडेल लगायतले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणबारे बोलेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया