सामसङ सेटमा ५ जी सेवा

पोखरा ।
लोकप्रिय स्मार्टफोन ब्रान्ड सामसङले पहुँच योग्य दायरा बढाउन ५ जि नेटवर्किङ क्षमताका सेटहरु बजारमा ल्याउने भएको छ । देशका प्रमुख दुई टेलिकम अपरेटर एनटिसी र एनसेलले नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सी सञ्चालन गरेका छन् ।
नेपालमा सञ्चालनमा रहेका सबै समान ब्यान्ड २ जिका लागि ८,९०० मेगाहर्ज), थ्री जिका लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), ४ जिका लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबैसँग सामसङले काम गरेको छ । नेपाल टेलिकमलले भोल्ट विस्तार गर्ने दौरानमा आफ्नो एलटिइ वा ४ जि नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याँड २०(८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो ।
सामसङद्वारा यसको परीक्षण गरिएपश्चात् उपकरणहरुमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो । सामसङले नेपालमा सञ्चालनमा रहेका २ मुख्य सञ्चालक एनटिसी र एनसेलका यी सबै ब्यान्ड र फ्रिक्वेन्सीले सेवा दिइरहेका छन् ।
नेपालका टेलिकम कम्पनीहरुले ५ जि नेटवर्क सुरु गर्न लागेका छन् । देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकले यो प्रविधिको व्यवसायिकरण गरेसँगै प्रयोगकर्ताले आफ्नो ५ जिका लागि तयार रहेका उपकरणमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्ने छन् ।
सामसङले सन् २०२१ देखि नै ५ जिका लागि तयार विभिन्न मूल्यका स्मार्टफोन उपलब्ध गराउँदै आएको छ । देशमा ५ जि प्रविधि भित्रयाउने सन्दर्भमा यी दुवै टेलिकम सञ्चालकसँग निरन्तर काम गर्दै आएको छ । कम्पनीले भर्खरैमात्र उनीहरुको अत्यन्त सुलभ मूल्यको ५ जि स्मार्टफोन सामसङ ग्यालेक्सी एम १४ ५ जि बजारमा उपलब्ध पनि गराइसकेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया