नेपाली भाषा परिषद्को शब्दखेल

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद्ले शनिबार आयोजना गरेको शब्दभण्डारसँग सम्बन्धित शब्दखेल प्रतियोगितामा डायमन्ड मोडेल मावि प्रथम भएको छ । प्रतियोगिता दोस्रो सिर्जना मावि, तेस्रो मदरल्यान्ड मावि तेस्रो र रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालय चौथा बने ।
बालप्रभात बोर्डिङ स्कुल र बेसलाइन मावि सान्त्वना बने । प्रतियोगितामा ६२ स्कुल सहभागी थिए । विजेता विद्यालय र विद्यार्थीहरुलाई प्राडा रामनाथ ओझा, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, भाषा परिषद् अध्यक्ष डिल्लीराम अर्याल लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
भाषा परिषद्ले शिक्षा र विद्यार्थीको सम्बन्ध विस्तार र भाषाको विकास, सम्वद्र्धन र विद्यार्थीको क्षमता विस्तारका लागि विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष अर्यालले जनाए । कार्यक्रममा भाषा परिषद्का संस्थापक अध्यक्ष माधवशरण उपाध्याय, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, कार्यक्रम संयोजक हरिप्रसाद शर्मा, सल्लाहकार डोलराज अर्याल लगायतले बोलेका थिए ।








सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया