व्यक्तित्वकला प्रतियोगितामा रेन्बो एकेडेमिकी प्रकृति प्रथम

पोखरा ।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले शनिबार आयोजना गरेको विद्यालय स्तरीय व्यक्तित्वकला प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालयकी प्रकृति छन्त्याल प्रथम भएकी छन् ।
आधारभूतका विद्यार्थी सहभागी प्रतियोगिताको शीर्षक ‘राष्ट्रिय एकताका लागि नेपाली भाषा’ थियो । प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी आर्या त्रिपाठी दोस्रो, ग्लोबल कलिजियटकी स्प्नील गुरुङ तेस्रो र सैनिक आवासीयका उमंग कुँवर सान्त्वना बने । कालिका मावि उत्कृष्ट विद्यालय बनेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र पाएका छन् । कार्यक्रममा माउन्ट अन्नपूर्ण माविका प्रिन्सिपल सइन्द्र श्रेष्ठले यस खालका कार्यक्रमले बालबालिकामा बोल्ने कला र भाषा विकास सँगसँगै हुने जनाए । उनले विद्यार्थीमा अत्यावश्यक कलामध्ये अभिव्यक्ति कला पनि भएको जनाए ।
प्रतिष्ठानकी अध्यक्ष पवित्रा घिमिरे ‘छन्दिका’को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारी ‘ऋतु’, प्रतिष्ठानकी सचिव लक्ष्मी थापा, कोषाध्यक्ष चन्द्रवती वाग्ले लगायतले बोलेका थिए ।
प्रतियोगितामा १८ विद्यालयका एक/एक छात्रछात्रा गरी ३६ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा गण्डकी विश्वविद्यालयका चुनबहादुरा राना, गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डिलकुमारी पौडेल र लोचना अधिकारी निर्णायक थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया