कलानिधिको स्मृतिमा अक्षयकोष

समाधान संवाददाता
पोखरा ९ बास्तोलाथर निवासी दुर्गादेवी पौडेलले पतिको स्मृति तिथिमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा १८ चिसाखोला आश्रममा अक्षयकोष स्थापना गरेकी छन् । १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्दै पति कलानिधि पौडेलको भावना अनुरुप कोष स्थापना गरेको बताइ्न ।
कार्यक्रममा दाता एवं विद्याश्रम कार्यसमिति सदस्य दुर्गादेवी पौडेलले पतिको धार्मिक रुचि र विद्याश्रमप्रतिको सद्भाव स्मरण गराउँदै अक्षयकोषको मूलधनबाट आर्जित ब्याजद्वारा विद्याश्रम संचालनमा सहयोग पुग्ने आशा व्यक्त गरिन् ।
विद्याश्रमका मानार्थ आजीवन संरक्षक डा. त्रिभुवन शर्मा बरालले विद्याश्रमले ज्ञान र विज्ञानलाई विश्वमा चिनाउने कार्य गरेकामा विद्याश्रम परिवारलाई धन्यवाद दिँदै दातालाई बधाई व्यक्त गरे । दाता परिवार अन्तर्गत समाजसेवी बाबुराम अधिकारीले बौद्धिक संस्कार संरक्षणमा आफ्ना ससुरा बुबाको परिकल्पना अनुसार विद्याश्रमले कार्य गरेको भन्दै खुसी व्यक्त गरे ।
विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले स्व. कलानिधि पौडेल विद्याश्रम स्थापनाकालदेखिका सक्रिय सहयोगी, बौद्धिक सनातन धर्मका संवर्तक तथा शिक्षासेवी रहेको स्मरण गराउँदै बौद्धिक धर्म संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, प्रअ श्रीराम तिमिल्सिना लगायतले बोलेका थिए । विद्याश्रममा आयोजित कार्यक्रममा संरक्षक अग्निहोत्री पं. केदारनाथ उपाध्यायले आशिर्वाद, विद्यार्थी बटुकले बौद्धिक स्वस्तिवाचन तथा कार्यसमिति अध्यक्ष भगवती अधिकारीलाई दाता दुर्गादेवी अधिकारीले अक्षयकोष रकम हस्तान्तरण गरे ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया