गुरुङ साहित्यक मञ्जमा सुमलकुमार

समाधान संवाददाता
गुरुङ साहित्यिक मञ्च नेपालले शुक्रबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेलायत अध्यक्ष सुमलकुमार गुरुङसँग साक्षात्कार गरेको छ । बेलायतलाई कर्मथलो बनाएर नेपाली साहित्यमा कलम चलाउँदै आएका गुरुङका कविता, कथा, नियात्रा गरी करिब आधा दर्जन कृति प्रकाशित छन् ।
पर्वतको चित्रेमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गर्दै भारतीय सेनाबाट निवृत्त गुरुङले लुम्ले कृषि अनुसन्धान केन्द्रमा काम गरेका थिए । हङकङ हुँदै हाल बेलायतमा बसोबास गर्दै आएका गुरुङले साक्षत्कार कार्यक्रममा आफ्नो साहित्यिक अनुभव सुनाए । आपूm १२ वर्षको उमेरदेखि नै कविता र निबन्ध लेखेर यस क्षेत्रमा लागेको भन्दै उनले सेनामा रहँदाको १५ वर्ष ५ महिना यस क्षेत्रसँग आफ्नो यात्रा टुटेको बताए ।
उनले आपूmले लेखेका कतिपय कथा काल्पनिक नभई यथार्थपरक रहेको सुनाए । उनले सहभागीलाई कथा सिल्पबारे पनि सिकाए । उनले २ वटा मुक्तक र १ गजलसमेत वाचन गरे ।
अहिले सेवा निवृत्तपछि पुन साहित्यकै यात्रामा आपूm जोडिएको गुरुङको भनाइ छ । सहभागी तुलबहादुर गुरुङ, युगबहादुर गुरुङ, अमृत गुरुङ र गौरी गुरुङले साहित्यको विभिन्न विषयमा केन्द्रित भएर साहित्यकार गुरुङसँग प्रश्न गरेका थिए ।
शुक्रबारै मञ्चले नवौं नियमति रचनावाचन पनि गरेको छ । कार्यक्रममा तुलबहादुर गुरुङ, रेनु गुरुङ, चिजकाजी गुरुङ, जसु गुरुङ, दीपक गुरुङ, रोशनी गुरुङ, तीर्थ गुरुङ, गौरी गुरुङ लगायतले गुरुङ र नेपाली भाषामा रचनावाचन गरेका थिए ।
कार्यक्रममा मञ्चका कोषाध्यक्ष एवं चलचित्र निर्देशक जसु गुरुङले निर्देशन गरेको चलचित्र म्ले क्यु (बिर्साउने पानी) ले हालै काठमाडौंमा भएको तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको उपाधि जितेको जसुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समारोहमै भोजपुर स्थायी घर भई हाल बहराइनमा कार्यरत गजलकार सुन्दर गुरुङले प्रकाशन गरेको कृतिको पोखरा विमोचनसमेत गरिएको छ । मञ्चका अध्यक्ष गौरी गुरुङ, साहित्यकार सुमलकुमार गुरुङ, पाठशाला पुस्तकका लेखक तीर्थ गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ र नवदीप बोर्डिङ स्कुलका प्राचार्य तथा गायिका कौशल्य गुरुङले किताब विमोचन गरेका थिए ।
गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रोशनी गुरुङ र कोषाध्यक्ष जसु गुरुङले पनि बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया