कास्की कांग्रेसकाे कार्यालयमा नेविसंघले लगायाे तालाबन्दी

पोखरा ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुले नेपाली कांग्रेस कास्कीको कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघको विवाद नटुंगाउने प्रपन्च रचेको भन्दै केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलसहितको टोलीले बुधबार कांग्रेस कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
नेपाली कांग्रेस कास्की सभापतिबाट गरिएको प्रतिबद्धता अनुसार कुनै पनि कार्य नगरिएको साथै महानगरद्वारा भातृ संगठनका बाहलवाला सदस्यहरुको अपहेलना गरिएको उनीहरुको आरोप छ ।
कास्की जिल्ला कार्यसमितिबाट नेविसंघ कास्कीको विषयमा कनैपनि आधिकारीक धारणा नदिएको, नेविसंघ कास्कीको विवाद नटुंगाउने हिसाबको प्रपन्च रहेको आरोप लगाएका छन् । ‘महानगर स्तरीय सम्मेलनमा नेविसंघको गरिमा आच आउने कार्य निरन्तर भैरहेको कार्यपनि हामीलाई स्वीकार्य छैन,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘पार्टी भित्रको गुटगत लडाईमा साचि बस्न नसक्ने हुँदा पार्टीको बैठक बसी अधिकारीक धारणा सार्वजानिक नगरुञ्जेल र विवादको समाधान नहुनजेल नेपाली कांग्रेस कास्की जिल्ला पार्टी कार्यालयमा आजको दिन देखि अनिश्चितकालका लागि तालाबन्दी गरेको घोषणा गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।










कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया