हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे पोखरा महानगर र कोइकाबीच सहमति

पाेखरा ।
पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई संस्थाबीच रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन सम्बन्धी सम्झौता भई विहीबार पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत भएको हो । प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका छन् । यसअघि दुई संस्थाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो । हाल यो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबाट स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ ।
सम्झौता अनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल ९आरयू० उद्यमहरूलाई बढावा दिन उपयुक्त माध्यम सिर्जना गर्ने जनाइएको छ । जसले महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ । यस्तै ग्रिन भेञ्चर जोन ९जीभीजेड० स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई वित्तीय, प्राविधिक र बजारीकरणका लागि सहयोग पुग्ने ईन्क्यूबेसनलगायतका कार्यहरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । परियोजना सञ्चालनपश्चात फोहरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्ने उनको विश्वास छ ।
प्रतिबद्धता अनुसार ग्रिन भेञ्चर जोन ९जिभीजेड० स्थापना गर्न महानगरपालिकाले पोखरा–६ बसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ । साथै हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमहरूलाई बढावा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्ने प्रतिबद्धतामा उल्लेख छ । आरयू उद्यमहरूलाई बढावा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेपनि जनाइएको छ । प्रमुख आचार्यले फोहरमैलाको व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै फोहरलाई मोहरमा बदल्ने प्रयास स्वरुप हरित रोजगारी सिर्जनामा जोड्न लागिएको बताउ । उनले भने,‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहोर आर्जन हुनेछ ।’
कोईकाका उपप्रमुख युन यंग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । फोहरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उनको भनाई थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया